पछिल्लो २४ घण्टामा विश्वभर तीन लाख ४४ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। सबैभन्दा बढी भारतमा ७० हजार ८००, अमेरिकामा ५४ हजार, ब्रजिलमा २७ हजार र फ्रान्समा १८ हजारभन्दा बढी संक्रमित थपिएका छन्। यस्तै, बेलायतमा १७ हजार ५००, अर्जेन्टिनामा १५ हजार ४०० र रसियामा ११ हजार ४०० संक्रमित थपिएका छन्। यसैगरी पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ६ हजार ३०० भन्दा बढीको मृत्यु भएको छ। जसमध्ये भारतमा एक हजार, अमेरिकामा ८७४, ब्रजिलमा ७३०, अर्जेन्टिनामा ४८४ तथा इक्वाडरमा ३९८ जनाको मृत्यु भएको हो। यस्तै, मेक्सिकोमा ३७८, इरानमा २३० तथा रसियामा १९१ जनाको मृत्यु भएको छ। योसहित विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १० लाख ६६ हजार ३०० नाघेको छ। तीन करोड ६७ लाख ३४ हजार मानिस संक्रमित छन्। संक्रमितमध्ये दुई करोड ७६ लाख मानिस संक्रमणमुक्त भइसकेका छन्।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185