विश्वभर पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ६ हजार १८४ जनाको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

विश्वभर पछिल्लो २४ घन्टामा कोरोनाभाइरस संक्रमण भएका ६ हजार १८४ जनाको मृत्यु भएको छ। आठ दिनपछि पुनः एकैदिन मृत्यु हुनेको संख्या ६ हजार नाघेको हो। बुधबार भारतमा सबैभन्दा बढी एक हजार १७९ जनाको मृत्यु भयो। त्यस्तै अमेरिकामा ९५३ र ब्राजिलमा ९५२ जनाको मृत्यु भयो। अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी दुई लाख ११ हजार ७३८ र ब्राजिलमा एक लाख ४३ हजार ९६२ जनाको मृत्यु भएको छ। भारतमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या ९८ हजार ७०८ पुगेको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कोरोनाभाइरस संक्रमणबाट गएको १७ अप्रिलमा विश्वमा सबैभन्दा धेरै आठ हजार ५१३ जनाको मृत्यु भएको थियो। त्यसअघि १५ अप्रिलमा आठ हजार २४४ जनाको मृत्यु भएको थियो। यी दुई दिनबाहेक एकैदिन आठ हजारभन्दा बढीको मृत्यु भएको छैन। तर, मृत्युदर भने घटबढ भइरहेको छ। मृत्यु सबैभन्दा उच्च विन्दुमा पुगेको दिन १७ अप्रिलपछि २४ मेमा सबैभन्दा कम तीन हजार २८६ र ८ जुनमा तीन हजार ३१२ संक्रमितको मृत्यु भएको थियो। तर, पछिल्लो आठ दिनमा गएको मंगलबार सबैभन्दा कम तीन हजार ८८३ जनाको मृत्यु भएको थियो।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु