विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ७४ लाख नाग्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 23
  •  
  •  
  •  
  •  
    23
    Shares

विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ७४ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७४ लाख ८६ हजार ९६० पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वमा २ लाख १८ हजार १४९ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा २ लाख हजार ८९७ कोरोना संक्रमित थपिएका थिए । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण हालसम्म ८ लाख ९४ हजार ९८३ संक्रमितको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा विश्वमा ३ हजार ८३८ संक्रमितको ज्यान गएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

एकै दिन २ लाख ६९ हजार ८३७ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका बिहीबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड ९१ हजार ५२३ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७१ प्रतिशत हो । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ११ हजार १४९ जनाको मृत्यु भएको छ । ३९ लाख ८ हजार ६०८ जना संक्रमित भएकोमा २१ लाख ९८ हजार १४० जना संक्रमणमुक्त भएका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ८३ हजार ८४९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७७ लाख ८४ हजार ९६८ पुगेको छ । त्यसमध्ये ४६ लाख ९९ हजार ६४ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरूमा १ लाख ५७ हजार २१६ जनाको मृत्यु भएको छ । ८१ लाख ५०२ जना संक्रमित भएकोमा ६५ लाख ४० हजार ३६८ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख २२ हजार २७३ जनाको मृत्यु भएको छ । ६८ लाख ६१ हजार ८५७ जना संक्रमित भएकोमा ५५ लाख ६४ हजार ३३६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३१ हजार ९६२ जनाको ज्यान गएको छ भने १३ लाख २८ हजार २६३ संक्रमित छन् । संक्रमितमध्ये १० लाख ६३ हजार ६५३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८१२ जनाको मृत्यु भएको छ । २९ हजार ६०९ जना संक्रमित भएकोमा २५ हजार ३१२ जना संक्रमणमुक्त भएका छन् ।

 

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु