विश्वमा पछिल्लो २४ घण्टाभित्र दुई लाख ९९ हजार ६४३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा पाँच हजार ८२८ जनाको मृत्यु भएको छ। पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ८३ लाख १४ हजार ७२७ र मृत्यु हुनेको संख्या नौ लाख १३ हजार १२८ पुगेको छ। पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये भारतमा सबैभन्दा बढी ९६ हजार ७६० जना रहेका छन्। सोही अवधिमा मृत्यु हुनेको संख्या पनि भारत अग्रस्थानमा छ। गत २४ घण्टामा भारतमा कोरोना भाइरसका कारण एक हजार २१३ जनाले ज्यान गुमाएका हुन्।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
अमेरिकामा पछिल्लो २४ घण्टाभित्र ३७ हजार ५३८ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ९४५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। ब्राजिलमा ४० हजार ४३१ जना नयाँ संक्रमित थपिएका छन् भने ९२२ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ। गत २४ घण्टाभित्र अर्जेन्टिनामा ११ हजार ९०५, स्पेनमा १० हजार ७६४, फ्रान्समा नौ हजार ८४३, कोलम्बियामा सात हजार ८०८, पेरूमा सात हजार २९१, रसियामा पाँच हजार ३६३ तथा मेक्सिकोमा चार हजार ६४७ जना नयाँ संक्रमित थपिएका छन्।



JUNGLE






from the
city


