विश्वरभर महामारी यताकै सबैभन्दा धेरै संक्रमित थपिए, एकैदिन बढे २ लाख ५० हजार बिरामी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 51
  •  
  •  
  •  
  •  
    51
    Shares

सिम्रिक खबर, ४ साउन काठमाण्डौ
गत २४ घण्टामा विश्वभर २ लाख ६० हजार भन्दा बढी कोरोना भाइरसका बिरामीहरु थपिएका छन् । जुन महामारी सुरुवात भएदेखीकै सबैभन्दा ठुलो संख्या हो । विश्व स्वास्थ्य संगठनका अनुसार एकैदिनमा एक मिलियनको एक चौथाइ संख्यामा कोेरोना भाइरसका बिरामी थपिएको यो पहिलो पटक हो । सबैभन्दा धेरै संयुक्त राज्य अमेरीका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा कोभिड १९ का बिरामीहरु थपिएका छन् ।
यसैबिच भाइरसबाट मृत्यु हुनेको संख्या पनि बैशाख २८ देखी यताको सबैभन्दा धेरै रहेको बिबिसीले लेखेको छ । गत २४ घण्टामा ७ हजार ३ सय ६० कोरोना संक्रमितको मृत्यु भएको छ । यस अघि विश्व स्वास्थ्य संगठनले अघिल्लो दिन मात्रै सबैभन्दा धेरै कोरोनाभाइरसका बिरामीहरु थपिएको भनेको थियो । हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ४० लाख नाघेको छ भने ६ लाखको मृत्यु भइसकेको छ ।
लकडाउन गर्न नमानेको अमेरीकाले कोरोना भाइरसबाट सबैभन्दा बढी मानवीय क्षति भोगेको छ । फ्लोरीडा, टेक्सास, अरीजोना लगायतका राज्यहरुमा सबैभन्दा बढी क्षती पुगेको छ । फ्लोरीडा भाइरसको इपिसेन्टर बनेको छ । जहाँ एकै दिन १० हजार संक्रमित थपिएका छन् भने ९० जनाको मृत्यु भएको छ ।ब्राजिलमा कोरोना भाइरसको विषयमा राजनीतिककरण भइरहेको छ । हाल उक्त देशमा ठुलो संख्यामा बिरामीहरु नथपिएको डब्लुएचओले जनाएको छ भने भारतमा एकैदिन ३४ हजार ८ सय ८४ संक्रमित थपिएका छन भने ६ सय ७१ ज्नाको मृत्यु भएकोे छ ।
चिनमा १६ जना मात्र भेटिए
चीनको राजधानी बेइजिङमा शनिबार कोरोनाभाइरसबाट सङ्क्रमणका कुनै पनि विरामी नथपिएको अधिकारीहरुले जनाएका छन् । स्थानीय अधिकारीहरुले आइतबार दिएको जानकारी अन्ुसार निरन्तर पछिल्लो १३ दिनमा कुनै पनि सङ्क्रमित थपिएको छैन । शनिबार १३ जना सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन् । यसैबीच चीनमा देशभरी पछिल्लो २४ घण्टामा १६ जना मात्र सङ्क्रमित भेटिएका छन् । तीमध्ये १३ जना आन्तरिक रूपमा सङ्क्रमित हुन् भने अरु अन्य ठाउँबाट आएका सङ्क्रमित हुन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु