विश्वव्यापी यात्रा प्रणालीमा क्युआर कोड प्रयोग गर्न चिनियाँ राष्ट्रपति सीको प्रस्ताव

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘विश्वव्यापी संयन्त्र’ लाई अन्तराष्ट्रिय यात्रा वा भ्रमण गर्दा क्युआर कोड प्रयोग गर्न प्रस्ताव गरेका छन् । उनेल भने, ‘हामीले आफ्नो नियमहरु परिवर्तन गर्नुपर्छ र मानिसहरुलाई सहज हुने ‘फास्ट ट्रयाक” प्रणालीको विकस गर्नुपर्छ ।’ यस कोडले यात्रुको स्वास्थ्य अवस्थाको बारेमा थाहा पाउन सजिलो हुन्छ । तर मानव अधिकार आयोगहरुले यस क्युआर कोडको गलत प्रयोग हुनसक्ने र यसले मानिसहरु ‘गम्भीर राजनीतिक निगरानी तथा बहिष्कार’ हुनसक्ने बताएका छन् । चिनियाँ राष्ट्रपति सि जिनपिङले जि २० सम्मेलनको क्रममा उक्त योजना सार्वजनिक गरेका हुन् । उनले भने, ‘यस कोडको माध्यमबाट न्युक्लिक एसिड टेस्ट रिजल्टको स्वास्थ्य प्रमाणपत्रको बारेमा थाहा हुन्छ । हामी थप राष्ट्रहरुले यस अभियानमा सहयोग गर्ने विषयमा साकारात्मक छौँ ।’

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

क्यु आर कोडहरु बार कोड हुन् जसलाई मोबाइलको सहायताले रिड गर्न सकिनेछ । उनले विश्वव्यापी अर्थतन्त्र ‘ग्लोबल इकोनोमी’ र विश्वव्यापी सप्लाई चेन तथा स्वास्थ्य सामग्रीको सप्लाई पुन सुचारु गर्न आह्वान गरेका छन् । यात्रा पुन खुला गर्न कतिपय राष्ट्रको लागी एक चुनौतीको रुपमा रहेको छ र कोरोना महामारीको कारण यातायातप्रतिबन्ध हटाउन सकेका छैनन् । मानव अधिकार संगठनका कार्यकारी निर्देशक केनेथ रोथले चिनियाँ राष्ट्रपतिको नयाँ प्रस्ताव प्रति सतर्क रहन भन्दै ट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘स्वास्थ्यमा निरीक्षण गर्नु भन्ने बाहनाले राजनीतिक निरीक्षण र बहिष्कारको लागि एउटा ट्रोजन हर्सको रुपमा हुनेछ ।’

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

फेब्रुअरी महिनामा यस प्रविधिले कोरोना संक्रमण नियन्त्रण गर्न सहयोग भएपछि चीनमा क्युआर कोडको प्रयोग व्यापक रुपमा भएको छ । चिनियाँ नागरिकहरुलाई स्वास्थ्य अवस्थाको बारेमा थाहा पाउनको लागि आफैं जेनेरेटेड क्यु आर कोड दिइएको छ । हरियो रंगको कोड मतलब त्यस मानिसलाई खुलेर यात्रा गर्न अनुमति हुन्छ र सुन्तला वा रातो रंगको कोडको मतलब त्यस व्यक्ति दूई हप्ता सम्म क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ । चीनको हांगजोउ शहरले एपमा आधारित क्युआर कोड प्रणालीलाई स्थायी बनाउने निर्णय गरेको छ जसको माध्यमबाट मानसिको स्वास्थ्यको इतिहास र हेल्थ चेक-अप तथा जीवनशैली र बानी व्यवहारको बारेमा थाहा हुन्छ ।

चीनभन्दा बाहिर भने क्युआर कोडको प्रयोग भिन्न तरिकाले हुँदै आएको छ । सिंगापुर र अष्ट्रेलियामा कन्ट्याक्ट ट्रेसिंगको लागि यस प्रविधिको प्रयोग गरिएको छ । क्युआर कोडको माध्यमबाट सपिंग मल, रेस्टुरेन्ट तथा कार्यालयमा उनीहरुको क्रियाकलाप र भेट गरेका मानिसको बारेमा जानकारी प्राप्त गर्न सजिलो हुन्छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु