विश्व बजारमा निकै राम्रो सफलता पाएको कोरोला क्रसको नेपालमा बिक्री सुरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

टोयोटाको नयाँ एसयूभी नेपालमा बिक्री सुरु भएको छ । कम्पनीको आधिकारिक फेसबुक पेजमार्फत कोरोला क्रस सार्वजनिक गरेको हो । पछिल्ला दिनमा विश्व बजारमा कोरोला क्रसले निकै राम्रो सफलता पाइरहेको छ । कम्पनीले यसअघि नै बुकिङ लिइरहेको कोरोला क्रसको सुरुवाति भेरियन्टको मूल्य १ करोड १२ लाख र टप भेरियन्टको मूल्य १ करोड ३३ लाख रुपैयाँ तोकिएको छ । कोरोला क्रस दुई भेरियन्टमा नेपाल आएको हो । कोरोला सेडानको प्ल्याटफर्ममा तयार भएको यो क्रसओभरलाई टोयोटाले आफ्नो चर्चित प्ल्याटफर्म टिएनजीएमा तयार गरेको हो । टोयोटा क्रसको लम्बाई ४४६० एमएम रहेको छ भने, चौडाई १८२५ एमएम र उचाई १६२० एमएम रहेको छ । यो टोयोटा र्याभ फोरभन्दा थोरै छोटो रहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यसको क्याविन निकै आकर्षक रहेको छ भने र्याभ फोरको जस्तै आकर्षक इन्टेरियर, ड्यास बोर्डमा ठूलो इन्फोटेन्टमेन्ट सिस्टमसहितको उत्कृष्ट इन्टेरियरले जो कोहीलाई लोभ्याउँछ । सार्प हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, व्ल्याक ग्रिल र बम्पर, साइड स्कृट र ह्वील आर्कले गाडीलाई निकै स्पोर्टी देखाएको छ । टोयोटा कोरोला क्रस पेट्रोल इन्जिनमा उपलब्ध रहेको छ । यसमा रहेको १।८ लिटर २ जेड एफबीई इन्जिनले १४० हर्सपावर र १७५ एनएम टर्क प्रदान गर्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु