विश्व बैंकले खोप खरिदका लागि ८ अर्ब ७० करोड सहुलियत ऋण दिने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

विश्व बैंकका नेपाल निर्देशक फारिस हदाद–जेर्भोसका अनुसार नेपाललाई खोप खरिदका लागि दिइने ऋण साहयता दिने प्रस्तावलाई छिट्टै बोर्डमा प्रस्तुत गर्न लागिएको छ । ‘विश्व बैंकले गर्ने आर्थिक सहयोग नेपाल सरकारले प्राथमिकतामा राखेको ७२ प्रतिशत जनसंख्यालाई आवश्यक पर्ने खोप खरिद गर्नका लागि प्रयोग गर्नसक्ने छन्,’ उनले कान्तिपुरले लेखेको इमेलको जवाफ दिँदै भने । जेर्भोसका अनुसार नेपालले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विश्व बैंकले मान्यता दिएको कुनैपनि उत्पादकसँग आपसी समझदारीमा वा कोभ्यक्सबाट प्राप्त हुने खोप खरिद गर्नका लागि उक्त रकम प्रयोग गर्न सक्ने छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार नेपालले भारतको सिरम इन्स्टिच्युट अफ इण्डिया (एसआईआई) सँग २० लाख खोप खरिद गर्ने पक्कापक्की भइसकेको छ । उनका अनुसार विश्व बैंकले दिने भनेको ७५ मिलियन डलर मध्ये ६७।५ मिलियन डलर खोप खरिद गर्नका लागि हो भने बाँकी रकम खोपको व्यवस्थापनका लागि हो । डा। पोखरेलले स्वास्थ्य मन्त्रालयले सिरमसँग प्रति डोज खोप ५ डलरभन्दा कममै खरिद गर्ने भएको हो । ‘हामीले सिरमले भारत सरकारलाई दिएकै मूल्यमा खरिद गर्न प्रस्ताव गरेका छौं । सिरमले थोरै माथि प्रस्ताव गरेको छ,’ उनले भने, ‘त्यसैले रकम ३ देखि ५ डलरको बीचमा नै हुन्छ ।’

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

उनका अनुसार सिरमले सुरुमा आफूले तोकेको नेपालको आधिकारी प्रतिनिधि हुकम डिस्ट्रिब्युसन एण्ड लजिस्टिक्सलाई लोकल एजेन्ट नियुक्त गरी खरिद प्रक्रिया अगाडि बढाउन आग्रह गरेको थियो । तर, मन्त्रालय भने कुनैपनि स्थितिमा अर्को पक्षलाई सामेल गराएर खोप खरिद गर्ने पक्षमा छैन । त्यसैले मन्त्रालयले हाल विश्व बैंकले दिने भनेको ऋण सहयोगबाट सिधै सिरमलाई आवश्यक रकम दिने प्रस्ताव गरेको छ । उक्त प्रस्तावमा भने सिरम पनि सहमत रहेको उनले बताए ।‘सिरमसँग खोप खरिद गर्न केही रकम अगाडि नै भुक्तानी गर्नुपर्ने हुन्छ । तर हाम्रो खरिद कानुनले त्यसो गर्न दिँदैन,’ उनले भने, ‘यसको गाँठो कसरी फुकाउन सकिन्छ भनेर छलफल भइरहेको छ । मन्त्रिपरिषद्ले नै यसबारे छिट्टै केही निर्णय गर्छ होला ।’

डा. पोखरेलका अनुसार विश्व स्वास्थ्य संगठनले ‘कोभिसिल्ड’ खोपलाई मान्यता दिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । ‘कोभिसिल्ड’ले विश्व स्वास्थ्य संगठनको मान्यता पाएपछि विश्व बैंकलाई पनि सो खोप खरिद गर्नका लागि आवश्यक रकम निकासा गर्न कुनै अप्ठेरो हुने छैन । बिहीबार मात्रै विश्व स्वास्थ्य संगठनले अक्सफोर्डले विकास गरेको खोप प्रयोग गर्न अन्तरिम सिफारिम भने दिइसकेको छ । ‘सबै प्रक्रियाहरु समय तालिका अनुसार नै गयो भने अबको दुई हप्ता जतिमा फेरि खोप नेपाल आउँछ,’ स्रोतले भन्यो, ‘दुई लटमा गरेर लाख खोप दिने प्रस्ताव सिरमको छ । हेर्दै जाउँ के हुन्छ ।’ उनका अनुसार विश्व स्वास्थ्य संगठनले कोभिसिल्डलाई आपतकालिन प्रयोगको मान्यता दिएमा त्यसको केही साता भित्रै कोभ्याक्स अन्तरगतको खोप पनि नेपाल आउने छ ।

भारत सरकारले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिएसँगै मन्त्रालयले पहिलो चरणको खोप अग्रपंक्तिमा रहेका काम गर्ने स्वास्थ्यकर्मी लगायतलाई माघ १४ गतेदेखि दिन थालेको थियो । माघ २४ गतेसम्म देशभर गरेर कुल १ लाख ८४ हजार ८५७ जनाले मात्रै खोप लगाएका थिए । त्यसपछि बाँकी भएको खोप माघ २६ गतेदेखि पत्रकार तथा कुटनीतिक नियोगमा कार्यरत व्यक्ति तथा विदेशी कर्मचारीहरुलाई दिँदैछ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु