विश्व बैकले सहरी विकास प्रवद्र्वन गर्न सहयोग गर्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

नेपाल सहरी शासकीय र पूर्वाधार आयोजनाले शहरी पूर्वाधार निर्माण र शहरी शासकीय क्षमता विस्तारका लागि विभिन्न १२ वटा नगरपालिकासँग सशर्त अनुदान सम्झौता गरेको छ । बबरमहलस्थित शहरी विकास तथा भवन निर्माण विभागको कार्यालयमा बिहिबार आयोजित कार्यक्रममा संघीय सरकारको तर्फबाट शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेल र स्थानीय सरकारको तर्फबाट नगर प्रमुखहरुले अनुदान सम्झौतामा हस्ताक्षर गरेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

विश्व बैंकको साढे १७ अर्ब रुपैयाँ ऋण सहयोगमा सञ्चालनमा आएको नेपाल शहरी शासकीय र पूर्वाधार आयोजनाले मुलुकभरका विभिन्न ३३ नगरपालिकालाई सहयोग गर्ने कार्यक्रम अनुसार किहिबार १२ वटा नगरपालिका प्रमुखसँग हस्ताक्षर भएको हो । पाँचथरको फिदिम, सिरहाको गोलबजार, सर्लाहीको हरिवन, अर्घाखाँचीको सन्धीखर्क, अमरगढी, लम्कीचुहा, भिमेश्वर, पूर्व सुस्ता कावासोती, भेरी, मुसीकोट पश्चिम रुकुम, फलेवास र लमही नगरपालिकासँग अनुदान सम्झौता भएको हो । बाँकी नगरपालिकासँग पनि सम्झौता गरिने आयोजनाले जनाएको छ । दिगो शहरी विकासलाई प्रवद्र्वन गर्दै नेपालका रणनीतिक माध्यमिक शहरहरुमा कोभिड–१९ पछिको आर्थिक पुनर्लाभलाई सहयोग पु-याउने उद्देश्यसहित आयोजनाले २९ नगरपालिकालाई सशर्त अनुदान र थप चार वटा नगरपालिकालाई क्षमता अभिवृद्धिमा सहयोग पु-याउनेछ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

आयोजना प्रमुख परिक्षित कडरियाले आयोजनालाई प्राप्त रकम स्थानीय तहलाई सर्शत अनुदानका रुपमा दिइने बताए । सशर्त अनुदानका लागि नगरपालिका चयन गर्दा भारतीय सीमामा रहेका, पूर्व–पश्चिम र उत्तर–दक्षिण राजमार्गमा पर्ने शहर तथा कोभिड–१९ बाट बढी प्रभावितलाई मुख्य आधार बनाइएको उनले बताए । आयोजनाअन्र्तगत सञ्चालित कार्यक्रमले ४ वर्षभित्र नेपालका रणनीतिक माध्यमिक शहरहरुमा सेवा प्रवाह र संरचनागत क्षमताको अभिवृद्धि गर्दै श्रम–सघन सार्वजनिक कार्यमार्फत कोभिड–१९ पछिको आर्थिक पुर्नलाभलाई गति दिने लक्ष्य राखिएको छ ।

नेपालको संघीयता कार्यन्वयनपछि संघीय सरकारले व्यवस्थापन र स्थानीय सरकारले कार्यान्वयन गर्ने गरी विश्व बैकले लगानी गरेको यो पहिलो आयोजना हो । यो आयोजनाले संघीयताको सुदृढीकरण र लक्षित नगरपालिकाहरुको क्षमता अभिवृद्धिका नतिजाहरु स्थानीय जनताको हितका लागि सुनिश्चित गर्ने विश्वास गरिएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु