विश्व व्यापार संगठन (डब्लुटिओ) को नेतृत्व अब एक महिलाले लिने भएकि छन्। संगठन स्थापनाको २५औं वर्षपछि पहिलोपटक महिलाले नेतृत्व लिने भएकि हुन्। बिहिबार सार्वजनिक एक विज्ञप्ति अनुसार डब्लुटिओको महानिर्देशकको दौडमा रहेका ८ उम्मेद्वारमध्ये हाल नाइजेरियाकी पूर्व अर्थमन्त्री एन्ओजी ओकोन्जो–इभिला र दक्षिण कोरियाकी व्यापार, उद्योग तथा उर्जा मन्त्री यु म्युग–हिं मात्रै बाकिँ छन्। बाँकी उम्मेद्वार हार व्यहोरेर बाहिरी सकेका छन्।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यी दुई महिलामध्ये एक डब्लुटिओको महानिर्देशक बन्ने छन् । ओकोन्जो–इभिला र म्युग–हिं दुवैलाई राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे अनुभव रहेको बताइएको छ। दुवै अमेरिकन विश्वविद्यालयका विद्यार्थी थिए। अधिकांश मुलुकहरुको फाइदाका लागि खुला व्यापारलाई प्रबर्द्धन गर्ने उद्देश्यले डब्लुटिओ सन् १९९५ मा स्थापित संगठन हो। यसले अन्तर्राष्ट्रिय व्यापारका लागि नियमहरू तयार पार्छ। यसका सदस्य राष्ट्रहरु बीचका विवाद सुल्झाउने काम पनि गर्छ। नेपाल सहित हाल डब्लुटिओमा १ सय ६४ राष्ट्र संलग्न छ।



JUNGLE






from the
city


