कोभिड १९ महामारीका कारण थला परेको नेपालको पर्यटन क्षेत्रलाई टेवा पुर्याउने, आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने, स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले देशव्यापी साइकल यात्रा हुने भएको छ । विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा पर्यटन व्यवसायी समेतको टोलीले सुदूरपश्चिमको महेन्द्रनगरदेखि पूर्वको पशुपतिनगरसम्म यात्रा गर्ने नेपाल पर्यटन बोर्डले जनाएको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
आगामी कात्तिक कार्तिक १७ गते टोलीले काठमाण्डौबाट महेन्द्रनगरतर्फ प्रस्थान गर्ने बोर्डले जनाएको छ । पश्चिमको महेन्द्रनगरबाट सुरु हुने यो साईकलयात्राले ठाकुरद्वारा, नेपालगञ्ज, सुर्खेत, घोराही, तौलिहवा, भैरहवा, बुटवल, तानसेन, पोखरा, नारायणघाट, हेटौडा, वीरगञ्ज, लालबन्दी, जनकपुर, गाईघाट, धरान, बिराटनगर हँुदै काकडभिट्टासम्म पुगी आन्तरिक पर्यटन प्रवद्र्धनको लागि नेपाल पर्यटन बोर्डको सन्देश प्रवाह गर्ने जनाइएको छ ।



JUNGLE






from the
city


