विश्व स्वास्थ्य संगठनमा जागिर लगाइदिने भन्दै ठगेको आरोपमा एकजना पक्राउ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 25
  •  
  •  
  •  
  •  
    25
    Shares

असार २४, काठमाडौं । विश्व स्वास्थ्य संगठनमा जागिर लगाइदिने भन्दै लाखौं ठगेको आरोपमा एकजना पक्राउ परेका छन् । नवलपरासी पूर्वी सुस्ता देवचुली नगरपालिका १५, प्रगतिनगर घर भई काठमाडौंको तीनकुने बस्दै आएका ३४ वर्षीय विजय पाण्डे पक्राउ परेका हुन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

महानगरीय अपराध महाशाखाको टोलीले पाण्डेलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । उनले चितवनकी अस्मिता अधिकारीलाई आफू विश्व स्वास्थ्य संगठनको कर्मचारी भएको र संगठनमा कर्मचारीको माग भएको भन्दै एक लाख ८२ हजार रुपैयाँ ठगेको खुलेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

प्रहरीका अनुसार उनले विश्वासमा पार्न अफर लेटर, रिलाइबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कागजातहरूसमेत दिएका थिए । अनुसन्धानकै क्रममा पाण्डेले शंखमूलमा रहेको एक फर्निचर पसलबाट १८ लाखको फर्निचर लैजाने भन्दै उल्टै ५० हजार लिएर ठगेको खुलेको छ ।

चितवनका निशानबाबु घिमिरेलाई समेत विश्व स्वास्थ्य संगठनको कार्यालय ललितपुरमा जागिर लगाई दिने विश्वास दिलाएर तीन लाख ५० हजार रुपैयाँ ठगेको खुलेको प्रहरीले जनाएको छ । महाशाखाका अनुसार अछामकी रञ्जु बुढालाई एक वर्षसम्म नक्कली कार्यालयमा काम लगाई तलब नदिई ठगी गरेको पनि अुनसन्धानका क्रममा खुलेको छ ।

यस्तै नवलपरासी बस्ने दीपक खनाल, धनबहादुर क्षेत्री, मनाङ घर भएका काशी गुरुङ, ठेगाना नखुलेका सरिता भण्डारी, रमा घिमिरे समेतका व्यक्तिहरूलाई समेत विश्व स्वास्थ्य संगठनमा जागिर लगाइदिने भन्दै रकम ठगी गरेको पाइएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु