विष्फोट विरुद्ध लेबनानमा प्रदर्शन, ४९० घाईते

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 31
  •  
  •  
  •  
  •  
    31
    Shares

लेबनानको बेरुतमा भएको विनाशकारी विस्फोट पछि सरकारको विरोध गर्दै हजारौं मानिसहरु सडकमा आउने क्रम जारी रहेको छ । शनिबार सुरक्षाकर्मी र प्रदर्शनकारीका विच भएको झडपमा ४९० जना घाईते भएका छन ।
गत मंगलबार लेबनानको बेरुत पोर्टमा भएको भिमकाय विष्फोटका लागि सरकार जिम्मेदार भएको आरोप लागेको छ । आम मानिसहरु प्रशासनको लापरबाही कारण उक्त विष्फोट भएको ठान्दछन् । यसकै विरोध स्वरुप मानिसहरु सरकार विरुद्ध प्रदर्शन गरिरहेका छन् । उनीहरु वर्तमान सरकार सत्ताबाट हट्नुपर्ने र सुधार सहितको नयाँ व्यबस्था ल्याउन आवश्यक भएको नारा लगाईरहेका छन् ।
आक्रोशित प्रदर्शनकारीहरुले चार सरकारी मन्त्रालय र बैंक एशोसियनको भवन कब्जा गरेका थिए । यसै अवस्थामा झडप हुँदा सुरक्षाकर्मी तर्फ एक जना मारिएको बताईएको छ ।
पछिल्लो ६ वर्षमा राजधानी बेरुत पोर्टमा रहेको विष्फोटक रसायनलाई लिएर १० पटक चेतावनी दिईएको थियो । तर सरकारले उक्त चेतावनीलाई हल्कारुपमा लिएर कार्यान्वयनमा ल्याएन । लेबनानको भन्सार, सैनिक, अदालत र सुरक्षा एजेन्सीहरुले धेरैचोटी पोर्टमा राखिएको विष्फोटक पदार्थबारे सरकारलाई झकझकाई राखेका थिए ।

राजधानी बेरुतको सुमुन्द्री बन्दरगाहमा भएका यिनै भवनमा उक्त विष्फोटक पदार्थहरु राखिएको थियो । विष्फोट पछिको तस्वीर । (AP)

गत मंगलबार भण्डार गरेर राखिएको २७ लाख ५० हजार किलो अमोनियम नाईटेट विष्फोट भएको थियो । विष्फोटमा १५८ जनाको मृत्यु भएको थियो भने ६ हजार जना घाईते भएका थिए । उक्त विष्फोटका कारण अझैं केयौं मानिसहरु हराईरहेका छन् ।
:एजेन्सीहरुको सहयोगमा

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु