काठमाडौँ ।
विहिबार नेपालमा १४९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ४५७ जना निको भई घर गएका छन् भने १७ जनाको निधन भएको छ ।
यो सँगै नेपालमा संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ भने ५० हजार ४११ जना निको भएका छन् । यसैगरी निधन हुनेहरुको संख्या ४५३ पुगेको छ ।