वीर अस्पतालका आन्दोलित कर्मचारीहरुले आइतबार नारा जुलुस सहित धर्ना दिएका छन्। कोरोनाको उपचारमा खटिए बापतको भत्ता लगायत सुविधा नदिएको भन्दै उनीहरुले नारा जुलुस सहित धर्ना दिएका हुन्। माग पुरा गर्न दबाब दिनका लागि सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ज्ञापन पत्र बुझाइने नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बताए। आक्रामक रुपमा प्रस्तुत हुँदा बिरामीलाई मर्का पर्ने सेवा अवरुद्ध नगरी आन्दोलन गरिरहेको उनले बताए। उनले भने, ‘बिरामीलाई मका नपर्ने गरी हामी आन्दोलन गरिरहेका छौं। तर हाम्रो मागलाई यसरी नै बेवास्ता गर्दै गए आक्रामक रुपमा पनि प्रस्तुत हुन सक्छौं।’


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
आन्दोलन थालेको करिब एक महिना हुन लाग्दा पनि अस्पतालको प्रशासनले वार्ताका लागि नबोलाएको उनले बताए। चैतदेखि हालसम्म कोभिड भत्ता, औषधि खरिद खर्च र सेवा विस्तार भत्ता तथा स्वास्थ्य सुरक्षाका सामग्री नदिएको भन्दै वीर अस्पतालका कर्मचारीहरु आन्दोलनमा छन्।



JUNGLE






from the
city


