एजेन्सी । वेस्ट इन्डिज क्रिकेट टोलीका अलराउण्डर ड्वान ब्राभोले टी-ट्वान्टी क्रिकेटमा ५०० विकेट लिने कीर्तिमान कायम गरेका छन् । गएराति क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत भएको खेलमा उनले उक्त कीर्तिमान बनाउन सफल भएका हुन् ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
ट्रीनिडाड एन्ड टोबेगोमा जारी सीपीएलमा बुधबार सेन्ट लुसिया जुक्सविरुद्ध २ विकेट लिएपछि ब्राभोका ५ सय विकेट पुरा भएसँगै नयाँ कीर्तिमान उनको नाममा दर्ता भएको छ।



JUNGLE






from the
city



ट्रिनबागो नाइट राइडर्सबाट सीपीएल खेलिरहेका ब्राभोले जुक्सका रकिम क्रोनबेलको विकेट लिँदै कीर्तिमान बनाएका हुन् । ब्राभो बाहेक टी-ट्वान्टी क्रिकेटमा अहिलेसम्म कुनै पनि खेलाडीले ४ सय विकेट समेत लिन सकेका छैनन् ।
अलराउन्डर ब्राभोले ४ सय ५९ टी-ट्वान्टी खेलमा ५ सय विकेट पूरा गरेका उनले ६ हजार भन्दा बढी रन समेत बनाएका छन् । यस्तै ब्राभोले सीपीएलमा एक सय विकेट विकेट समेत पूरा गरेका छन् ।
श्रीलंकाका फास्ट बलर लासिथ मालिंगा ३ सय ९० विकेट हात पार्दै टी-ट्वान्टी क्रिकेटमा सर्वाधिक विकेट लिने दोस्रो खेलाडीको रुपमा रहेका छन्।