वैज्ञानिकहरुका अनुशार कोरोना संक्रमण जितेका एक तिहाई व्यक्तिमा मानसिक तथा न्यूरोलोजिकल समस्या देखिने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

कोरोना भाइरसको संक्रमण जितेका एक तिहाई व्यक्तिमा मानसिक तथा न्यूरोलोजिकल समस्या हुने एक अध्ययनले देखाएको छ । दुई लाख ३० हजार भन्दा बढि संक्रमण जितेका व्यक्तिमा गरिएको अध्ययनबाट हरेक तीन मध्ये एक व्यक्तिले संक्रमणको ६ महिनाभित्र मष्तिस्क वा मनोसामाजिक समस्याका लागि उपचार गराउनु परेको देखिएको छ । अनुशन्धानमा सामेल अधिकांश व्यक्ति अमेरिकी हुन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यो अध्ययनले कोरोना भाइरसको संक्रमण निको भए पनि त्यसले मानसिक तथा न्यूरोलोजिकल समस्या निम्त्याउने र अवस्था जोखिमपूर्ण हुन सक्ने देखिएको वैज्ञानिकले बताएका छन् । भाइरस र मनोसामाजिक समस्याबिच कस्तो वा कसरी सम्बन्ध स्थापित भयो भन्ने स्पष्ट भइनसकेको अनुशन्धानकर्ताले बताएका छन् । अनुशन्धानको क्रममा वैज्ञानिकहरुले १४ प्रकारका मनोसामाजिक तथा न्यूरोलोजिकल समस्यामाथि निगरानी गरेका थिए । त्यसमध्ये धेरैमा एन्जाइटी ९दुष्चिन्ता० र डिप्रेसनको समस्या देखिएको हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

कोभिड–१९ निको भएपछि स्ट्रोक, डिमेन्सियासहितका अरु न्यूरोलोजिकल समस्याहरु कम देखिए पनि चिन्ताजनक भने रहेको अनुशन्धानकर्ताले बताएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । विशेषगरि कोभिड–१९ बाट गम्भीर बिरामी परेकाहरुमा न्यूरोलोजिकल समस्याको जोखिम बढि देखिएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयका मनोरोग विशेषज्ञ म्याक्स टाक्वेटले भने, ‘हाम्रो अध्ययन अनुसार फ्लू वा स्वासप्रश्वास सम्बन्धी अरु संक्रमण भन्दा कोभिड–१९ को संक्रमणपछि मष्तिस्क सम्बन्धी रोग र मनोसामाजिक समस्या बढि हुने देखिएको छ ।’

अध्ययनको क्रममा बायोलोजिकल वा साइकोलोजिकल प्रणाली थाहा पाउन नसकिएको उनले बताएका छन् । तर सो कुरा थाहा पाउनका लागि तत्काल थप अध्ययनको खाँचो रहेको बताए । गएको वर्ष यहि समूहले गरेको अध्ययनमा कोभिड–१९ जितेका २० प्रतिशत मानिसले तीन महिना भित्रै मनोसामाजिक समस्याको उपचार खोज्नु परेको देखिएको थियो । पछिल्लो अध्ययन प्रतिवेदन लान्सेन साइक्याट्री जर्नलमा प्रकाशित भएको छ । यो अध्ययनमा कोरोना जितेका दुई लाख ३६ हजार ३७९ जनाको स्वास्थ्य विवरण हेरिएको हो । उनीहरु अधिकांश अमेरिकी नागरिक हुन् । त्यसमध्ये ३४ प्रतिशतले ६ महिनाभित्र न्यूरोलोजिकल वा मानसिक रोगको उपचार गराएको देखिएको छ ।

सोही अवधिमा फ्लू वा अरु प्रकारका स्वासप्रश्वास सम्बन्धी रोग लागेका व्यक्तिमा भन्दा कोभिड–१९ लागेका व्यक्तिमा यस्तो समस्या बढि देखिएको हो । अक्सफोर्ड विश्वविद्यालयका साइक्याट्री प्रोफेसर पल ह्यारिसनको नेतृत्वमा अध्ययन भएको हो । ह्यारिसनले भनेका छन्, ‘हरेक समस्याको जोखिम भने कम छ तर ठूलो जनसंख्यामा यसको प्रभाव र असर गम्भीर हुन सक्छ ।’

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु