काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको पहिलो अभियानअन्तर्गत पहिलो चरणमा खोप लगाएकालाई दोस्रो डोज आउँदो वैशाख ७ गतेदेखि दिने भएको छ । पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मी, सफाइकर्मी, सरकारी कर्मचारी, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र पत्रकारलाई दोस्रो डोज खोप दिन लागिएको हो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम ९आईसीएस०को सोमबारको बैठकले वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज खोप दिने निर्णय गरेको हो । दोस्रो डोज कोभिसिल्ड खोप दिइने र त्यसका लागि सात लाख डोज खोप मौज्दात रहेको खोप विभाग प्रमुख डा। झलक शर्मा गौतमले बताए ।



JUNGLE






from the
city



कसको पालो कहिले ?
माघ १४, १५, १६, १७ र २६ गते खोप लगाएकाहरुको पालो वैशाख ७ गते ।
माघ १८, १९, २०, २१ र २७ गते खोप लगाएकाहरुको पालो वैशाख ८ गते ।
माघ २२, २३, २४, २८ र फागुन २ गते खोप लगाएकाहरुको पालो वैशाख ९ गते ।
माघ २९, फागुन ३, ४, ५ र ६ गते खोप लगाएकाहरुको पालो वैशाख १० गते ।
माघ ३०, फागुन ७, ८, ९ र १० गते खोप लगाएकाहरुको पालो वैशाख ११ गते ।