व्यवसायिक कागती खेती गर्ने ५ कृषकलाइ साढे ७ लाख अनुदान

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 138
  •  
  •  
  •  
  •  
    138
    Shares

बिष्णु प्रसाद आचार्य गुल्मी, ६ साउन।  वामी कृषी शहकारी सँस्था मुसिकोटले एक कार्यक्रमका बीच कृषकहरुलाइ अनुदान रकम हस्तान्तरण गरेको छ । कृषी ज्ञान केन्द्र गुल्मीको आर्थिक सहयोगमा सञ्चालीत अभियानमुखी कागती, सुन्तला मिसन कार्यक्रममा सहभागी ५ कृषकहरु लाइ अनुदान दिइएको हो । मुसिकोट नगरपालीका वडा नं ७ र ८ मा सन्चालित सहकारी मार्फत कागतीको व्यवसायिक खेती तर्फ उन्मुख ५ जना कृषकहरुलाइ ७ लाख ४० हजार अनुदान रकम बापतको चेक हस्तान्तरण गरिएको हो ।
५ जना कृषकहरुले जम्माजम्मी ५ हजार कागतीका बिरुवा रोपण गरेका छन् । कृषक चुरा बहादुर केसीले दुइ हजार विरुवा रोपेका छन् । उनले दुई लाख छ्यानब्बे हजार रुपैँया पाएका छन् । त्यसैगरी १ हजार ३ सय विरुवा रापेका शिव खरेलले १ लाख ९२ हजार ४ सय रुपैँया, सात सय विरुवा रोपेका पोमलाल लोहनीले १ लाख ३ हजार ६ सय रुपैँया पाएका छन् ।
त्यसैगरी मुसिकोट ८ का वडाध्यक्ष समेत रहेका नारायण सापकोेटा र अर्का कृषक होमनाथ सापकोटालाइ ५ सय बोटका दरले विरुवा लगायत वापत अनुदान स्वरुप ७४ हजार रुपैँयाका दरले अनुदान दिइएको छ । अनुदान सहयोगमा ती कृषकहरुले ब्यबसायिक रुपमा कागती खेती सुरु गरिसकेका छन् ।
कृषकलाइ सबैखाले सहयोग गर्छाै : नगरप्रमुख
वामीटक्सारमा गरिएको कार्यक्रममा बोल्दै नगरप्रमुख सोमनाथ सापकोटाले राज्यले कृषकहरुलाई प्राथमिकतामा राखेर काम गरेको भन्दै व्यवसायिक कृषकलाई यस्ता अनुदानले ठुलो सहयोग मिल्ने बताए । आफ्नो जग्गा नहुने र अरु कसेैको जग्गा भाडामा लिएर व्यवसायिक खेती गर्न चाहेमा सरकारले त्यस्ता कृषकहरुलाई पनि अनुदानकोे व्यवस्था गरेको समेत जानकारी दिए । कृषकले उत्पादन गरेका कृषि उपजकोे बजारको सुनिश्चितता नगरपालिकाले गर्ने भन्दै उनले ढुक्क भएर व्यवसायमा लाग्न समेत आग्रह गरे । आर्थिक समस्या भइ कृषि काम गर्न नपाएका कृषकलाइ अनुदानमा ऋण समेत दिइने उनको भनाइ छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु