काठमाडौं – व्यापारीमा कोरोना देखिएपछि काठमाण्डौको न्युरोड क्षेत्रका केही पसल तथा कार्यालयहरु बन्द हुने भएका छन्।
न्युरोडका केही पसल कार्यालयहरु बन्द गर्ने विषयमा वडा समिति सदस्य, व्यापारी, स्थानीय संघसस्थाका प्रनिनिधिहरुबीच भएको सहमतिअनुसार पसल तथा कार्यालय बन्द गर्ने निर्णय भएको वडाअध्यक्ष चीनकाजी महर्जनले बताए।
अन्य व्यापारीहरुको पिसिआर रिपोर्ट नआएसम्मको निम्ती ती पसल तथा कार्यालयहरु बन्द हुने भएका छन् ।