व्यापार व्यवसायलाई निःशुल्क आवद्ध गराउने मोबाइल एप ‘वरिपरि’

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

पटक–पटकको लकडाउन र निषेधाज्ञाले समग्र व्यापार व्यवसाय थलिएको छ । अहिलेको सन्दर्भमा डिजिटल माध्यम मार्फत आफ्ना वस्तु तथा सेवाको बिक्री गर्नु बाध्यात्मक विकल्प हो । मोबाइल एप ‘वरिपरि’ ले यही आवश्यकतालाई मध्यनजर गर्दै व्यापार व्यवसायलाई निःशुल्क आवद्ध गराउन थालेको छ । नेपालका कुनै पनि ठाउँ आसपासका व्यवसायले प्रदान गर्ने वस्तु तथा सेवाका बारेमा ग्राहकलाई जानकारी दिन वरिपरि एप तयार गरिएको हो । यसमा जुनसुकै व्यवसायले निःशुल्क रुपमा दर्ता गरी आफ्नो वस्तु तथा सेवा बेच्न पाउने बताइएको छ । आफ्नो एपमार्फत व्यवसायीहरुले डिजिटल माध्यमबाट सजिलै उपभोक्ता माझ पुगेर व्यवसाय वृद्धि गर्नसक्ने वरिपरि नेपाल प्रालिका संस्थापक राज रेग्मीले बताए । एपमा आफ्नो व्यवसाय दर्ता गर्न पनि सजिलो छ । त्यसका लागि सुरुमा वरिपरि मोबाइलमा एप डाउनलोड गरि नाम र मोबाइल नम्बर राखेर अकाउन्ट खोल्नुपर्ने हुन्छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अकाउन्ट खोलेपछि ‘क्रिएट स्टोर’ मा गई आफ्नो व्यवसायको नाम र ठेगाना उल्लेख गर्नुपर्ने हुन्छ । यसरी जुनसुकै किसिमको व्यवसाय वरिपरिमा दर्ता गर्न सकिने संस्थापक रेग्मीले बताए। वरिपरि एपमा दर्ता गरेपछि व्यवसायीले आफ्नो सेवा अवधि तोक्न पाउँछन् । जसबाट ग्राहकले एपमा हेर्दा सो समयमा खुल्ला छ कि बन्द छ भनेर जानकारी लिन सक्छन् । होम डेलिभरिको व्यवस्था छ कि छैन र भुक्तानीका विकल्पहरु ९बैंक कार्ड, ईसेवा, खल्ती, सेल पे० के के छन् भनेर पनि एपमै उल्लेख गर्न सकिनेछ । यसले व्यवसाय र ग्राहकलाई सहज बनाउने कम्पनीको विश्वास छ । आजको प्रतिस्पर्धात्मक बजारमा व्यवसायलाई बजारीकरण गर्न ठूलो लगानी गर्नुपर्ने हुन्छ । यस्तोमा लगानी अनुरुपकै क्षति बेहोर्नुपर्ने जोखिम पनि त्यही स्तरमा रहन्छ । तर वरिपरि एपले क्रेता र बिक्रेतालाई एकै ठाउमा ल्याएर सहजता प्रदान गर्ने भएकाले त्यस किसिमको जोखिम नरहने रेग्मीको भनाई छ। स्थानीय स्तरमाउत्पादित वस्तु तथा सेवाको उपभोग बढाउनु र
ग्राहकको शपिङलाई सहजता दिलाउनु वरिपरि एपको मुख्य लक्ष्य रहेको रेग्मीले बताए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

हाल ग्राहकले आपसमा भएका व्यवसायको जानकारी नपाउँदा वस्तु तथा सेवाका लागि टाढासम्म पुग्नुपर्ने बाध्यता छ ।अर्कोतर्फ व्यवसायहरुले समेत ग्राहक नपाइरहेको अवस्था हुन्छ । वरिपरि एपले यस किसिमको समस्याको समाधान गरी दुवै पक्षको समय र पैसा बचत गराउनेछ । नयाँ ठाउँमा पुगेका व्यक्तिलाई वरिपरि एपले शपिङ गाइडको काम समेत गर्नेछ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु