शनिबार राति घरेलु मैदानमा भएको खेलमा आर्सनलले चेल्सीलाई ३–१ ले पराजित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार सात खेलका कायम रहेको जितबिहीन यात्रा आर्सनलले अन्त्य गरेको छ । लगातारको खराबर प्रदर्शनका कारण समस्यामा आएका प्रशिक्षक मिकेल आर्तेतालाई केही राहत मिलेको छ । लिग अन्तर्गत शनिबार राति घरेलु मैदानमा भएको खेलमा आर्सनलले चेल्सीलाई ३–१ ले पराजित गरेको हो । आर्सनलको जितमा एलेक्सान्ड्र लाकाजेटी, ग्रानेछ जाका र बुकायो साकाले गोल गरेका हुन् । चेल्सीका लागि ट्यामी अब्राहमले एक गोल फर्काए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

लाकाजेटीले ३४ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरेर टिमलाई सुरुवाति अग्रता दिलाएका हुन् । जाकाले ४४ औँ तथा साकाले ५६ औँ मिनेटमा गोल गरेपछि आर्सनलले ३–० को अग्रता लियो । ८५ औँ मिनेटमा ट्यामी अब्राहमले एक गोल फर्काए पनि आर्सनलको जितलाई रोक्न सकेनन् । जितपछि १५ खेलबाट १७ अंक बनाएको आर्सनल १४ औँ स्थानमा पुगेको छ । पराजित भएको चेल्सी २५ अंकसहित सातौँ स्थानमा झरेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु