शुक्र ग्रहको वायुमण्डलमा जीवन हुनसक्ने संकेत

शुक्र ग्रह, तस्बिर

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 28
  •  
  •  
  •  
  •  
    28
    Shares

खगोलशास्त्रीहरुले शुक्र ग्रहको वायुमण्डलमा जीवन हुनसक्ने संकेत मिलेको बताएका छन् । बेलायतको कार्डिफ युनर्भिसिटीका वैज्ञानिकहरुले शुक्र ग्रहमा जीवन हुन सक्ने बताएका हुन् । उनीहरुले शुक्र ग्रहको वायुमण्डलमा फास्फिन ग्यास फेला परेको भन्दै सूक्ष्म जीवहरु शुक्र ग्रह माथिको बादलमा तैरिएर रहेको हुन सक्ने सम्भावना औंल्याएका छन् । वैज्ञानिकहरुका अनुसार फास्फिन एक फास्फोरसको र तीन हाइड्रोजको कण मिलेर बन्दछ । पृथ्वीमा पनि फास्फिनको सम्बन्ध जीवनसँग छ । यो ग्यास पेन्गुइन जस्ता जीवको पेटमा पाइने सूक्ष्म जीवसँग सम्बन्धित छ या दलदल जस्तै कम अक्सिजन भएको स्थानमा पाइन्छ । यस ग्यासलाई माइक्रो ब्याक्टेरियाहरुले अक्सिजनको अनुपस्थितिमा उत्सर्जन गर्दछन् । फस्फिन कारखानाबाट पनि बनाउन सकिन्छ तर शुक्र ग्रहमा कारखाना छैन, पेन्गुइन पनि पक्कै छैन ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यसो हो भने शुक्र ग्रहमा यो ग्यास किन छरु त्यो पनि ग्रहको सतहबाट ५० किलोमिटर माथिरु बेलायतको कार्डिफ युनिभर्सिटीका प्रोफेसर जेन ग्रिब्स र उनका सहकर्मीहरुको प्रश्न यही हो । उनीहरुले नेचर एस्ट्रोनोमी नामको जर्नलमा एक रिपोर्ट प्रकाशित गरेका छन्, जसमा शुक्र ग्रहमा फस्फिन ग्यास भएको उल्लेख छ । यद्यपि उनीहरुले शुक्र ग्रहमा जीवन मिलेको दाबी गरेका छैनन् । बरु त्यहाँ जीवन हुन सक्ने सम्भावनाबारे थप अनुसन्धान आवश्यक रहेको बताएका छन् । शुक्र ग्रहमा जीवनको सम्भावना सूर्यमण्डलको कुनै दोस्रो ग्रहभन्दा कम मानिन्छ । किनभने शुक्र ग्रहमा वायुमण्डलको बाक्लो तह छ, जसमा कार्बनडाइअक्साइड ९६ प्रतिशत छ । यस ग्रहमा वायुमण्डलको दबाब पृथ्वीको तुलनामा ९० गुणा बढी छ । त्यसैले होला शुक्र ग्रहलाई बाइबलमा नरक भनिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

शुक्र ग्रहको सतहको तापक्रम ४०० डिग्री सेल्सियसभन्दा बढी छ । त्यसैले शुक्र ग्रहको सतहमा कुनै जीव भएको सम्भावना अन्य वैज्ञानिकहरुले देख्दैनन् तर ग्रहको सतहभन्दा ५० किलोमिटर हुन पनि सक्ने उनीहरु बताउँछन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु