संक्रमितको संख्याका आधारमा खराब मुलुकहरुको सूचीमा ६९ औं स्थानमा नेपाल

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

असार ५, काठमाडौं । नेपालमा बिहीबार मात्र हालसम्मकै बढी ६७१ नयाँ संक्रमित पुष्टि भएसँगै नेपालले अस्ट्रेलियालाई समेत पछि पारेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

बिहीबार बिहानसम्म कोरोना संक्रमितको संख्याका आधारमा संसारका खराब मुलुकहरुको सूचीमा ७० औं स्थानमा रहेको नेपाल अस्ट्रेलियालाई पछि पार्दै अहिले ६९ औं स्थानमा पुगेको छ । बिहीबार अस्ट्रेलियामा भने जम्मा २१ जना नयाँ संक्रमित थपिएको विभिन्न तथ्यांंक निकाल्ने संस्था वर्ल्डोमिटर्सले जनाएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

नेपालमा संक्रमित संख्या बढेसँगै खराब मुलुकको सूचीमा अस्ट्रेलिया नेपालभन्दा पछि परेको हो । नेपालमा अहिलेसम्म ७ हजार ८४८ जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म नेपालमा १ हजार १८६ जना भने निको भइसकेका छन् र ६ हजार ६४० जनामा अहिले कोरोना सक्रिय छ । उनीहरू उपचाररत रहेका छन् ।

संक्रमणका हिसाबले नेपाल अस्ट्रेलियाभन्दा माथि रहे पनि कोरोनाका कारण मृत्यु हुनेमा अस्ट्रेलिया अगाडि छ । हालसम्म नेपालमा कोरोनाबाट २२ जनाको मृत्यु भएको छ भने अस्ट्रेलियामा १०२ जनाको मृत्यु भएको छ । त्यहाँ कुल संक्रमित ७ हजार ३९१ पुगेका छन् । जसमध्ये ६ हजार ८७७ जना भने निको भइसकेका छन् । त्यहाँ अब ४१२ जनामा मात्र कोरोना सक्रिय रहेको जनाइएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु