संयुक्त अरब एमिरेट्समा पाँच महिनाभित्र १ सय १० जना नेपालीको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 43
  •  
  •  
  •  
  •  
    43
    Shares

 
गत पाँच महिनाभित्र संयुक्त अरब एमिरेट्स (युएई) मा विविध कारणले १ सय १० जना नेपालीको ज्यान गएको छ।
मृत्यु हुनेमा ५ महिला र १ सय ५ जना पुरुष रहेका युएईस्थित नेपाली दूतावासले जनाएको छ । त्यसमध्ये ३६ जनाको कोरोनाका कारणले ज्यान गएको छ । कोरोनाका कारण मृत्यु हुनेमध्ये १ महिला र बाँकी पुरुष छन् ।
कोरोनाको कारण मृत्यु भएका ३६ जनासहित ६९ जनाको शव यूएईमै अन्त्येष्टि गरिएको नेपाली दूतावास आबुधावीले जनाएको छ । शवको अन्त्येष्टि गर्न दूतावासले ‘नो अब्जेक्सन’ जारी गरेको थियो । बाँकी ४१ जनामध्ये २६ जनाको शव चार्टर उडान मार्फत नेपाल पठाइएको छ ।
४ जनाको शव नेपाल फर्काउने तयारी छ भने ११ जनाको शव अनुसन्धानका लागि विभिन्न अस्पतालका शवगृहमा राखिएको दूतावासको भनाई छ । हवाई उडान समयमा नहुँदा युएईमा ज्यान गुमाउनेको शव नेपाल पठाउन सकिएको थिएन ।
शव नेपाल पठाउन नसकेपछि स्थानीय प्रशासनले पटक पटक कुटनैतिक माध्यममार्फत शव व्यवस्थापनमा सहयोग गर्न दूतावासलाई अनुरोध गरेको थियो । सन २०१९ को एक वर्षको अवधिमा युएईमा जम्मा १ सय ५ जनाको मृत्यु भएको थियो भने सन २०१८ वर्षभरिको अवधिमा १ सय ३ जनाको मृत्यु भएको थियो ।
 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु