संसद विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेका रिटको सुनुवाई संवैधानिक इजलासमा पठाइने भएको छ । बुधबार भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले प्रारम्भिक सुनुवाई गर्दै यो मुद्दा संवैधानिक इजलासबाट टुंगो लगाउने आदेश दिएको हो । बुधबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, टीकाराम भट्टराई गोविन्द वन्दी, कृष्ण भण्डारी कञ्चनकृष्ण न्यौपाने लगायतले बहस गरेका थिए । उनीहरुको बहसपछि प्रधानन्यायाधीश राणाले पठाउने संविधानसँग जोडिएको विषय र वैधानिक प्रश्न उठको भन्दै संवैधानिक इजलासमा पठाउने निर्णय सुनाएका हुन् । संवैधानिक इजलास शुक्रबार बस्ने र सोही दिन सुनुवाइ हुने भएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185