काठमाडौं । मन्त्रिपरिषद् बैठकले संसद विघटन सिफारिसको निर्णय गरेसँगै चारै वटा सुरक्षा निकायहरू ‘हाई अलर्ट’मा राखिएको छ । चारै वटा सुरक्षा निकायले मातहतका निकायलाई निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयले मातहतका सबै निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन जारी गरेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए । फिल्डमा प्रमुख रुपमा खटिने नेपाल प्रहरीलाई देशव्यापी रुपमा सुरक्षा सतर्कता बढाउन निर्देशन दिइएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले आकस्मिक रुपमा सुरक्षा सतर्कता बढाउन सातवटै प्रदेशका प्रमुखहरूलाई निर्देशन दिएका छन् । सरकारको निर्णयसँगै आउन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गरी उच्च सुरक्षा सतर्कता अपनाउन मातहतका निकायलाई निर्देशन दिइएको सम्बन्धिन सुरक्षा निकायका स्रोतले जानकारी दिएका छन्। यस्तै नेपाली सेनाले पनि उच्च सुरक्षा सतर्कता अपनाउन सबै पृतनापतिहरूलाई निर्देशन जारी गरेको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185