काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड–१९ बाट प्रभावित श्रमजीवी पत्रकारहरुलाई राहत प्याकेज ल्याउने घोषणा गरेका छन् । त्यसका लागि आवश्यक सुझाव दिन नेपाल पत्रकार महासंघसहित सरोकारवाला निकायलाई उनले आग्रह गरे । ‘कोभिड प्रभावित सञ्चारगृह र श्रमजीवी पत्रकारहरुलाई तत्काल राहत दिनका लागि आवश्यक सुझाव दिन म पत्रकार र पत्रकारहरुको संघ–संगठन सबैलाई आग्रह गर्दछु,’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने, ‘सरोकारवाला निकायले दिएको सुझावको आधारमा सरकारले राहत कार्यक्रम ल्याउनेछ ।’


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
मन्त्री गुरुङले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबारे मन्त्रालयलाई सुझाव दिन सरोकारवाला निकायलाई आग्रहसमेत गरे । सञ्चार मन्त्रालयद्वारा आइतबार काठमाडौंमा आयोजित ‘आमसञ्चार र श्रमजीवी पत्रकार : नीति, कार्यक्रम र बजेट’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबारे समयमै सुझाव दिन आग्रह गरेका हुन् । उनले सरकार प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको पनि बताए ।



JUNGLE






from the
city


