काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालका लागि इजरायली राजदुत हानान गोडरसँग शिष्टचार भेट गरेका छन् । सोमबार मन्त्री गुरुङले इजरायली राजदुत गोडरसँग सूचना र प्रविधिको विकासको बिषयमा सिंहदरवारमा छलफल गरेका हुन् । मन्त्री गुरुङले उक्त भेटघाटमा सूचना र प्रविधिको विकासका लागि इजरायलको सेटलाईट प्रविधिका सम्बन्धमा अनुभव आदान प्रदान भएको बताएका छन् । दुई मुलुकबीचको सम्बन्धलाई अझै सुदृढ बनाउने विषयमा पनि छलफल भएको मन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185