सधैं र्याम्पमा देखिने मोडलहरु, अकस्मात् बसन्तपुरमा क्याटवाक गर्दै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 157
  •  
  •  
  •  
  •  
    157
    Shares

 
गत सोमबार, सधै र्याम्पमा देखिने मोडलहरु अकस्मात् बसन्तपुरमा देखिए, क्याटवाक गर्दै ।
यो कुनै प्रतियोगिता थिएन । नत कुनै फेसन सो नै थियो ।

सधै आम मानिसहरु ओहोर दोहोर गरिरहने यस ठाउँमा आजको दृश्य भने केहि फरक थियो । बसन्तपुर डबलीमा उनीहरु बिरालो चालमा हिंड्दै सरकारलाई खबरदारि गरिरहेका थिए । कोहि मेकअपमा थकित तथा पिडित जनताको मुखाकृति बनाउँदै हिंडेका थिए भने कोहि पाँच सय रुपैयाँको नोटलाई मास्क जस्तै लगाएर ।

केहि मोडलहरुले बसन्तपुरकै एउटा कुनामा आमरण अनसन बसिरहेका ईनफ ईज ईनफ आन्दोलनका अभियन्ताहरुसंग प्लेकार्डहरु सापट मागे । ति प्लेकार्डहरुमा लेखिएको थियो – सरकार तिम्रो हातमा रगत ! हामि तिमिलाई छाड्ने छैनौ । आर डि टि जाँच रोक ! कोभिड १९ विरुद्ध प्रथम रेखामा खटिनेहरुलाई सुरक्षाको प्रत्याभूति गर !

अनि ति प्लेकार्डहरु समाउँदै मोडलहरु चुपचाप आफ्नै लवजमा डबलि फन्को मार्न सुरु गरे । यो बास्तवमा विरोधको अनौठो शैलि थियो । हातमा स्लाईन पानी चढाईरहेका अनसन बस्नेहरु समेतले उनीहरुलाई हेरेका थिए । यो उनीहरुका लागि उर्जा थियो । उपस्थित १५ जना मोडेलहरु उनीहरुकै आन्दोलनमा होस्टेमा हैंसे गर्न त्यहाँ पुगेका थिए । सरकारले  गरेको  कोभिड १९ को फितलो व्यवस्थापनको विरुद्ध ।

हामिले पाँच सयको नोटले मुख छोपेका मोडल शेरप ग्याल्त्सेनलाई सोध्यौ, “तपाईंको विरोधको विम्बात्मक संकेत के हो ?”
‘पैसाले विरोधका स्वरहरु रोक्न सक्छ’, उनले सटिक जवाफ दिए ।

केहि दिन यताबाट राजधानि काठमाण्डौमा कोरोना संक्रमितहरु क्रमिक बढिरहँदा सत्ताधारी पार्टी नेकपाका प्रमुख नेताहरु पद र शक्तिको लडाईंमा व्यस्त छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु