क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध जमैका तलावाज सेमिफाइनलमा पराजित भएको छ। मंगलबार राति सकिएको खेलमा जमैकालाई ट्रिन्बागो नाइट राइडर्सले ९ विकेटले पराजित गर्यो। जमैकाले दिएको १०८ रनको झिनो लक्ष्य ट्रिन्बागोले १५ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो। उसका लागि लेन्ड सिमोन्सले नटआउट ५४ रनको योगदान दिए भने वेस्टरले नटआउट ४४ रन बटुले।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
बलिङमा जमैकाका मुजिर उर रहमानले १ विकेंट लिए। सन्दीप लामिछानेले चार ओभर बलिङ गरेर २९ रन दिँदा विकेट लिन सकेनन्। सिजनको सिपिएलमा सन्दीपले बलिङ गरेर पनि विकेट लिन नसकेको यो मात्र खेल हो। सन्दीपले सिजनको सिपिएलमा ११ खेलमा १२ विकेट लिन सफल भए। अब उनी आइपिएलका लागि ट्रिनिडाडबाट सिधै दुबई प्रस्थान गर्नेछन्। आइपिएलमा सन्दीप दिल्ली क्यापिटल्ससँग आबद्ध छन्।



JUNGLE






from the
city



त्यसअघि खराब ब्याटिङ गरेको जमैकाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७ रन जोड्यो। उसका लागि कार्लोस बाथवेटले नटआउट १३ रन जोडे। कप्तान रोममान पावेलले ३३ रन र बोनरले ४१ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्। पाँच ओभर चल्दै गर्दा सुरुवाती चार विकेट गुमाउँदा २५ रन मात्र जोडेको जमैका दबाबमा परेको थियो। अब उपाधिका लागि ट्रिन्बागोले सेन्ट लुसियासँग खेल्नेछ। दोस्रो सेमिफाइनलमा सेन्ट लुसियाले गुयनालाई १० विकेटले पराजित गरेर ट्रिन्बागोसँगको भेट पक्का गर्यो।