सप्तरीमा भदौ २ गते सम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिईने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 22
  •  
  •  
  •  
  •  
    22
    Shares

जिल्ला प्रशासन कार्यालय सप्तरीले निषेधाज्ञा भदौ २ गते सम्मका लागि बढाएको छ ।
जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले सप्तरी जिल्लाभर भदौ २ गते राति ११ बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।
यसअघि सप्तरी प्रशासनले साउन ८ गतेदेखि राजविराज नगरपालिका क्षेत्रमा र साउन २० गतेदेखि २६ गते सम्मका लागि जिल्लाभरी नै निषेधाज्ञा लागू गरेको थियो । जिल्लामा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्न थालेपछि निषेधाज्ञाको समयावधी थपिएको हो ।
प्रशासनले चाडपर्व मनाउँदा निषेधाज्ञाको बर्खिलाप नहुने गरि आफ्नो घरभित्रै सुरक्षित साथ मात्र चाडपर्व मनाउन समेत अनुरोध गरेको छ ।पछिल्लो तथ्यांक अनुसार सप्तरीमा हालसम्म कोरोनाबाट कूल ५ सय ७१ जना संक्रमित भएका छन् । दुईजना संक्रमितको मृत्यु समेत भइसकेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु