सफल भयो ‘हाइपरलुप पड’ मा वास्तविक यात्रु राखेर गरिएको विश्वकै पहिलो परीक्षण

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

अत्याधुनिक प्रविधिबाट निर्मित ‘हाइपरलुप पड’ मा वास्तविक यात्रु राखेर गरिएको विश्वकै पहिलो परीक्षण सफल भएको छ । अमेरिकी कम्पनी भर्जिनद्वारा सञ्चालन गरिएको यो परियोजना नेभाडास्थित मरुभूमिमा निर्माणको क्रममा छ । ‘हाइपरलुप पड’ भनेको भविष्यमा आधारित नयाँ युगको अत्यन्तै तीव्र गतिमा चल्ने सवारीसाधन हो जुन रेल र विमानभन्दा पनि छिटो चल्न सक्छ । चुम्बकीय प्रणालीमार्फत यसलाई एक विशेष किसिमको ट्युबभित्र चलाइन्छ । यसको ट्रायलमा कम्पनीकै दुईजना स्टाफलाई यात्रु स्वरुप चढ्न लगाइएको थियो जसपछि ५०० मिटरको ट्रयाकलाई सो हाइपरलुपले १७२ किलोमिटर प्रतिघण्टाको रफ्तारमा १५ सेकेन्डमै दूरी पार गरेको हो । तर कम्पनीले यसको गति अझ बढाएर एक हजार किलोमिटर प्रतिघण्टा बनाउने लक्ष्य राखेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

हाइपरलुप बनाउन प्रयास गर्ने भर्जिन एउटा मात्र कम्पनी होइन तर यसअघि कसैले पनि तिनमा वास्तविक यात्रु राखेर परीक्षण गराएको थिएन । कम्पनीमा उपभोक्ता अनुभव विभागकी निर्देशक सारा लुचेन यसको पहिलो यात्रुका रुपमा सवार थिइन् जसले आफ्नो अनुभूति मानसिक र शारीरिक दुवै रुपमा अत्यन्तै उत्साहजनक भएको बताइन् । उनी र प्राविधिक अधिकारी प्रमुख जोश गिगेलको सो यात्रा अत्यन्तै राम्रो भएको र बीचमा कतै केही अवरोध नभएको बताए । लामो ट्रयाक भएकाले अकस्मात् एकदम छिटो कुद्दा एकछिन अनौठो भएको तर पनि उनीहरु दुवैमध्ये कोही बिरामी परेनन् । यस किसिमको सोच पहिले टेस्ला कम्पनीका संस्थापक एलन मस्कले ल्याएका हुन् तर धेरैले यसलाई असम्भव र ‘साइन्स फिक्सन’ भनेर आलोचना गरेका थिए । अहिले भर्जिन हाइपरलुपले दुबई र आबुधाबीको बिचमा १२ मिनेटको कनेक्सन निर्माण गर्ने सम्भावित योजना बनाइरहेको छ जसलाई साधारण सवारीसाधनबाट यात्रा गर्दा एक घण्टाभन्दा बढी समय लाग्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

लुचेनले यस परियोजनाका कठिनाइहरु स्वीकार गर्दै भनिन्, “अवश्य पनि यो संरचनाका लागि धेरै तयारी र लागत् आवश्यक पर्छ तर मानिसहरुले यो सम्भव छैन भन्दाभन्दै पनि हामी यति ठूलो जोखिम उठाइरहेका छौँ । किनकि मानिसहरु आगामी युग, भविष्यको यातायात प्रणालीबारे अहिले अधिक चासो दिइरहेका छन् । अवश्य पनि हामीले हिजोकै सवारीसाधनहरुमा सुधार ल्याउन र निर्माण गरिरहन सक्छौँ या केही नयाँ बाटोको खोजी गरि समस्या समाधानमा लाग्न सक्छौँ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु