विदेशी पर्यटक पनि आउन पाउने गरी सबै प्रकारका पर्यटकीय गतिविधि पुनः सञ्चालन गर्ने गृहकार्यमा सरकार जुटेको छ। विदेशी पर्यटक घुमफिर गर्न पाउनेसँगै पर्यटन क्षेत्रसँग जोडिएका सबै प्रकारका व्यवसायलाई खुला गर्ने गरी कार्यविधि बनिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ। सबै पर्यटन व्यवसायसँगै क्यासिनो र संग्रहालय पनि खोल्ने तयारी भइरहेको मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए। नेपाल पर्यटन बोर्डले सो सम्बन्धमा प्रतिवेदन तयार गरी मन्त्रालय पठाएपछि चाँडै नै खुलाउने गरी कार्य अघि बढाइने आचार्यले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
विश्व महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण करिब आठ महिनादेखि केहीबाहेक प्रायः पर्यटकीय गतिविधि अझै सुरु हुन सकेका छैनन्। सरकारले क्रमसँगै पर्यटकीय उद्योग सञ्चालन गर्दै भने आइरहेको छ। चैत ११ गतेदेखि बन्द रहेको अन्तर्राष्ट्रिय उडानसँगै होटल तथा रेस्टुराँ भदौ १६ गतेबाट खोलेको थियो भने आन्तरिक उडान असोज १ गतेबाट तथा हिमाल आरोहण तथा पदयात्रा कात्तिक १ गतेबाट पुनः सुरु गरेको थियो। कोरोनाका कारण विदेशी पर्यटकलाई नेपाल घुम्न रोक लगाएको सरकारले कात्तिक १ गतेबाट पर्वतारोहण खोलेसँगै इच्छुक विदेशी पर्यटकलाई अनअराइभल भिसा दिने व्यवस्था सुरु गरिसकेको छ।



JUNGLE






from the
city



आन्तरिक पर्यटनलाई जोड दिने भनिएको भए पनि नाफा कमाउन र व्यवसाय चलाउने विदेशी पर्यटकलाई नेपाल आउन दिनुपर्ने पर्यटन क्षेत्रसँग आबद्ध संघसंस्थाको मागपछि सरकार यसतर्फ गम्भीर भएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ। यसका लागि आवश्यक योजना, सुरक्षा मापदण्डजस्ता पूर्वतयारीका पक्षमा काम सुरु भइसकेको मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले बताए। आन्तरिक पर्यटनसँगै विदेशी पर्यटकका लागि प्याकेज टुरको अवधारणा पनि अघि सारिएको छ। सबै देशमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी भइरहेको बताइएको छ।
सम्बन्धित विभागीय प्रमुखको अगुवाइमा गृहकार्य भइरहेको उनले जानकारी दिए। पर्यटन बोर्डले सम्बन्धित पर्यटन व्यवसायीसँग छलफल गरी प्रतिवेदन तयार गरिरहेको पनि भट्टराईले बताए। सबै पर्यटन क्षेत्र खुलाउन बोर्डले नै मन्त्रालयलाई अनुरोध गरेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले जानकारी दिए। पर्यटन क्षेत्रमा आबद्ध संघसंस्था तथा व्यवसायीको मागपछि नै बोर्डले पर्यटन क्षेत्र निर्वाध रूपमा खुलाउने गरी मन्त्रालयमा अनुरोध गरेको रेग्मीले बताए।