सबै सञ्चारमाध्यमलाई नवनियुक्त सञ्चार प्रविधिमन्त्रीले सही सूचना सम्प्रेषण गरिदिन आग्रह

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

हाल विश्वव्यापी महामारीको रूपमा रहेको कोभिड–१९ को संकटको घडीमा सही सूचना सम्प्रेषण गरिदिन नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । बिहीवार मन्त्रालयमा आप्नो पद बहाली गर्दै मन्त्री गुरुङले यस्तो आग्रह गरेका हुन् । सूचना प्रवाह सही भएन भने समाजमा द्वन्द्व, अनुशासनहीनता र अराजकता बढ्ने हुँदा साथै सञ्चार क्षेत्रको सकारात्मक भूमिका र गुणस्तरीय सेवाबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य साकार पार्न सम्भव हुने उनले बताए । यसका लागि सम्बद्ध सबैमा सहयोग र साथका लागि समेत उनले आह्वान गरे ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पदभार ग्रहण एवम् स्वागत समारोहलाई सम्बोधन गर्दै उनले मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सबैको सहयोग, सद्भाव, समन्वय र साझेदारी आवश्यक रहने बताए । मन्त्रालय सम्बद्ध १८ ओटा निकायले तोकिएको जिम्मेवारी असल परम्परा, संस्कार र अभ्यासका आधारमा वहन गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले मन्त्री गुरुङलाई स्वागत गरेका थिए । मन्त्रालयले कुशल र शीतल नेतृत्व प्राप्त गरेको भन्दै उनले सूचना प्रविधिको क्षेत्रमा आमूल परिवर्तन गरी राष्ट्रिय उद्देश्य र लक्ष्य साकार पार्न मन्त्री गुरुङको महŒवपूर्ण भूमिका रहने धारणा व्यक्त गरे ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु