काठमाडौं । सब फोर मिटर एसयूभीको बजार बढेसँगै प्रायः सबै कम्पनी यो सेग्मेन्टमा ग्राहक आकर्षित गर्न विभिन्न प्रडक्ट बजारमा ल्याइरहेका छन् । यहि क्रममा फ्रेन्च अटो कम्पनी रेनोले आफ्नो पहिलो सब फोर मिटर एसयूभी रेनो किगर आजको ८ दिनपछि भारतीय बजारमा सार्वजनिक गर्ने भएको हो । कम्पनीले यहि जनवरीको २८ मा रेनोको पहिलो सबकम्प्याक्ट एसयूभी किगर बजार उतार्ने छ । यसको बिक्री भने आगामी फेब्रुअरी महिनाबाट सुरु हुने भएको हो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
कम्पनीले रेनो किगरको विभिन्न टिजरहरु सार्वजनिक गर्दै आएको छ । हिजो मात्रै रेनोको हेडलाइटको टिजर सार्वजनिक गरेको थियो । टिजरमा देखाइए अनुसार किगरमा एलइडी डेटाइम रनिङ लाइटसहितको आकर्षक स्लीक हेडल्याम्प दिएको छ । टिजरमा ठूलो साइजको हेडल्याम्प क्लस्टर देखाइएको छ भने, स्पोर्टी ओआरभीएमले किगरलाई आकर्षक देखाएको छ । एसयूभीको पछाडिको भागमा सिग्नेचर होरिजेन्टल टेललाइट दिएको छ, जसमा क्रोमको प्रयोग भएको देख्न सकिन्छ । त्यस्तै यसमा दिएको रुफमाउन्टेड स्पोइलरले यसलाई अझ स्टाइलीस बनाएको छ । किगरमा डोर ह्याण्डलमा समेत इन्ट्रिगेटेड लाइलिङको नयाँ प्रयोग भएको देखिन्छ ।



JUNGLE






from the
city



रेनोको किगर दुईवटा इन्जिन अफ्सनमा उपलब्ध रहने छ । यस एसयूभीमा नेचुरल्ली एस्पायर्ड १.० लिटर तथा टर्बो चार्ज्ड १.० लिटरको पेट्रोल इन्जिन रहने छ । यस एसयूभीको प्रतिस्पर्धा निसान म्याग्नाइट, मारुतीको ब्रेजा, हुन्डाइको भेन्यू तथा कियाको सोनेटसँग हुने अनुमान गरिएको छ ।