नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भइरहेको छ । काँग्रेस सभापति देउवालाई भेट्न चिनियाँ टोली देउवा निवास बुढानिलकण्ठ पुगेको सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिए । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तराष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोलीले नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे नेपाली कांग्रेसको धारणा बझ्न बुढानिलकण्ठ पुगेको हो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
आइतबार नेपाल भ्रमणमा आएको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल एवं जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईसँग भेट गरिसकेको छ । चीनले नेपालको राजनीतिक घटनाक्रमका बारेमा जानकारी लिए पनि आन्तरिक मामलामा कुनै हस्तक्षेप नगर्ने बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले आइतबार नियमित पत्रकार सम्मेलनमा नेपालको मामलामा कुनै हस्तक्षेप नगर्ने बताएका हुन् ।



JUNGLE






from the
city


