युक्रेनमा एक महिला पत्रकारको टेलिभिजनमा समाचार पढ्दा पढ्दै दाँत फुस्केको छ । ती समाचार वाचिकाको नाम मारिच्का पाडाल्को हो । उनले उक्त घटनाको भिडियो आफ्नै इन्स्टाग्राममा अपलोड गरेकी छन् ।
जहाँ उनले लेखेकी छन्, ‘यो मेरो समाचार वाचिकाको रूपमा २० वर्ष काम गर्दाको सबैभन्दा अनौंठो अनुभव हो ।’ टेलिभिजनमा प्रत्यक्ष प्रसारणका क्रममा समाचार वाचन गरिरहेको बेला उनको एउटा दाँत फुस्किएको हो ।
दाँत फुस्केर हातमै झर्दासमेत उनले अनुहारमा कुनै बदलाव ननिकाली सम्हालिएर समाचार पूरा गरेको दृश्यले दर्शकलाई भावुक बनाएको छ । १० वर्षअघि छोरीले खेलाइरहेको घडी आफ्नो दाँतमा ठोक्किँदा कमजोर बनेको दाँत अहिले समाचार पढिरहेको बेला झरेको उनले जानकारी दिएकी छन् ।