काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप थप ५० लाख डोज खरिद गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारले खरिद प्रक्रिया अगाडि बढाएको हो । यो सँगै कोभ्याक्स सुविधा अन्तर्गत प्राप्त हुने खोप उपलब्ध गराइने मन्त्रालयले जनाएको छ । उक्त खोपले २० प्रतिशत जनसंख्यालाई पुग्ने पनि बताइएको छ । दोस्रो पटक कति मूल्यमा खोप खरिद गर्न लागिएको भन्ने यकिन भने भइ नसकेको मन्त्रालयले जनाएको छ । यसअघि भारतको सेरम इन्स्टिच्युटसँग चार डलरका दरमा २० लाख डोज खरिद गर्ने सम्झौता भएको थियो । अग्रिम भुक्तानी गरिएको उक्त खोप १० लाख डोज मात्र ल्याइएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185