सरकारले दुई ठूला परियोजनाका सञ्चालन गर्न विश्व बैंकसँग ९ अर्ब ५० करोड ऋण सम्झौता

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । दुई ठूला परियोजनाका सञ्चालन गर्न सरकारले विश्व बैंकसँग रू. ९ अर्ब ५० करोड ऋण सम्झौता गरेको छ । अर्थ मन्त्रालय र विश्व बैंकबीच ग्रामीण उद्यमशीलता र आर्थिक विकास परियोजना सञ्चालनका लागि सोमवार एक कार्यक्रमका बीच ऋण सम्झौता गरिएको हो । सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फरिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

विश्व बैंकले कोरोना भाइरसको महामारीबाट प्रताडित नेपालको कृषिक्षेत्रको पुनःस्थापना र उत्पादन वृद्धिका लागि ऋण दिएको हो । यस कार्यक्रमअन्तर्गत कृषि उत्पादन विकास, बजारीकरणमार्फत ग्रामीण उद्यमशीलता प्रवर्द्धन र रोजगारी सृजना गरिनेछ । सम्झौतापछि ग्रामीण कृषि उत्पादनको बजार पहुँच र ग्रामीण उद्यमशीलताको प्रवर्द्धन गर्दै कोभिड महामारीपछिको आर्थिक पुनरुत्थानलाई अभिवृद्धि गर्ने बताइएको छ । कार्यक्रममा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले आयोजना कार्यान्वयनमा गएपछि नेपालको कृषि र बजारको सम्बन्धलाई स्थापित गर्ने र कृषि–व्यवसायमा बढ्ने प्रतिस्पर्धाले कोभिड महामारीपछिको आर्थिक पुनरुत्थानलाई सघाउ पुग्ने बताए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

विश्व बैंकद्वारा स्वीकृत ऋण सहयोगमा सञ्चालन हुने ग्रामीण उद्यमशीलता र आर्थिक विकास (रूरल इन्टरप्राइज एन्ड इकोनोमिक डेभलपमेन्ट) परियोजनाले कृषि उत्पादनको बजार पहुँचलाई प्रवर्द्धन गर्नेछ । यसबाट खासगरी महिलाले नेतृत्व गरेका उद्यमहरूको विकासमा सहयोग पुग्ने बताइएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु