काठमाडौं । सरकारले नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने गरी आवश्यक गृहकार्य अघि बढाएको छ । बाली लगाउने बेलामा सधैं नेपाली किसानले बेहोर्दै आइरहेको रासायनिक मलको अभावको दीर्घकालीन समाधान गर्ने योजनाका साथ सरकारले पहिलोपटक स्वदेशमै रासायनिक मल कारखाना स्थापनाको तयारीसम्बन्धी गृहकार्यलाई तीव्रता दिएको हो । मल कारखाना स्थापना गर्ने विषयमा बुधबार अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्याल र सचिवहरूसहित अर्थ मन्त्रालयमा बसेको बैठकले अब नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने गरी सरोकारवाला मन्त्रालयले आवश्यक गृहकार्य अघि बढाउने निर्णय गरेको हो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
बैठकमा रासायनिक मल कारखाना स्थापनाको प्रविधि र सम्भावित लागतबारे छलफल भएको थियो, जसमा विश्वमा प्रचलित प्रविधि तथा तरिका प्राकृतिक ग्यास, वाटर इलेक्ट्रोलिसिस र हाइब्रिडमध्येबाट नेपालका लागि उपयुक्त हुने प्रविधि तय गर्नेबारे पनि व्यापक छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ । यस सम्बन्धमा विज्ञ र प्राविधिकसँग छलफल गरी आवश्यक सुझाव लिएर सोहीअनुसार अघि बढ्ने निर्णयसमेत गरिएको छ । छलफलको क्रममा अर्थमन्त्री पौडेलले रासायनिक मल स्थापना गर्ने विषयमा थप छलफल गरी नेपालमा रासायनिक मल कारखाना स्थापनासम्बन्धी प्रविधि, लगानीको विधि र लागत समेतको प्रस्ताव तयार गर्ने बताए ।



JUNGLE






from the
city



गत २४ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा रासायनिक मल कारखाना स्थापनाको प्रारम्भिक अध्ययन गर्न अर्थमन्त्रीको संयोजकत्वमा समिति गठन गरेको थियो । सोही समितिले बुधबार यस्तो तयारीबारे सम्बन्धित सरोकारवाला मन्त्रालय एवं ती मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरेको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका अनुसार अब सम्बन्धित मन्त्रालयले नेपालमै रासायनिक मल कारखाना स्थापनाको गृहकार्य अघि बढाउनेछन् ।