काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता कार्यकर्ताहरुलाई पक्राउ नगर्न प्रहरीलाई निर्देशन दिएको छ । विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आउने तयारी भइरहेका बेला गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई यस्तो निर्देशन दिएको हो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
प्रहरीका एक उच्च अधिकारीले सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता जारी रहेकाले आक्रामक रुपमा प्रस्तुत नहुने बताए । उनकाअनुसार पहिले जस्तो जहाँ भेट्यो त्यही विप्लवका कार्यकर्ता पक्राउ गर्ने नीतिबाट प्रहरी पछि हटेको छ । ‘सरकार र विप्लव समूहबीच वार्ता चलिरहेको छ । सैद्धान्तिक हिसाबले पनि आक्रामक रुपमा प्रस्तुत हुन मिल्दैन । हिजो दोस्रो चरणको वार्तापछि सरकारबाट निर्देशन आएको छ । हामी सोहीअनुसार अगाडि बढ्छौं’, एक उच्च प्रहरी अधिकृतले भने । बुधबार सरकार र विप्लव नेतृत्वको नेकपाबीच दुई चरणको वार्ता सम्पन्न भइसकेको छ । वार्तामा नेकपाले पक्राउ परेका आफ्ना कार्यकर्ताहरुलाई बिनासर्त रिहा गर्नुपर्ने र प्रतिबन्ध हटाउनुपर्ने माग राखेको छ ।



JUNGLE






from the
city



वार्ताटोलीमा सरकार पक्षबाट गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई रहेका छन् भने नेकपाबाट खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदय चलाय चलाउने रहेका छन् ।