काठमाडौं । सम्भव भएसम्मका सबै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यका साथ सरकारले सार्वजनिक गरेको नागरिक एपको डाउनलोड ३ लाख नाघेको छ । गत शुक्रबार मात्र सार्वजनिक भएको यो एपले छोटो समयमै धेरै डाउनलोड हुने नेपाली एपको रेकर्ड समेत राख्दै गएको छ । यद्यपी नागरिकता विवरण नमिलेको भन्दै प्रयोगकर्ताको असन्तुष्टी समेत काफी छ । प्रधानमन्त्रीका आईटी विज्ञ अस्गर अलिका अनुसार एप डाउनलोड गर्ने ३ लाख मध्ये एक लाख प्रयोगकर्ताको दर्ता भने सफलतापूर्वक सम्पन्न भएको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
‘नागरिक एपमा नागरिकताको विवरण नमिलेको भन्दै धेरै गुनासो आएपछि सरकारले नयाँ सिस्टम बनाउने भएको छ,’ अलीले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘गृह मन्त्रालयले नागरिक आफैंले आफ्नो नागरिकताको विवरण सच्याउन मिल्ने गरी सिस्टम विकास गर्ने काम अघि बढाएको छ ।’ एपमा हाल स्थायी लेखा नम्बर अर्थात प्यान दर्ता गर्न सकिने सुविधा उपलब्ध रहेको छ । जसमार्फत मंगलबारसम्म एक हजारभन्दा बढीले प्यान नम्बर प्राप्त गरेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।



JUNGLE






from the
city



एपमा क्रमशः अन्य सरकारी सेवा समेत समेट्दै लगिने बताइएको छ । जसबाट सार्वजनिक विदाको दिनमा समेत गरी २४ सै घण्टा सरकारी सेवामा जनताको पहुँच स्थापित हुने सरकारी दाबी छ ।