सरकार साइबर सेक्युरिटी सेन्टर स्थापनामा जुट्यो, यही चालू आर्थिक वर्षमै स्थापना हुने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल जोशीले सरकार साइबर सेक्युरिटी सेन्टर स्थापनामा जुटेको बताएका छन् । शुक्रबार एनपी सर्ट र सिएसआरआई नेपालले आयोजना गरेको एक भर्चुअल कार्यक्रममा बोल्दै सहसचिव जोशीले यही चालू आर्थिक वर्षमै साइबर सेक्युरिटी सेन्टर स्थापना हुने जानकारी गराए । यसका लागि अहिले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को कार्य अगाडि बढिरहेको उनले बताए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

‘सेन्टर अन्तर्गत साइबर डिफेन्स, फरेन्सिक लगायतका लागि छुट्टै निकाय राख्ने विषयमा पनि छलफल भइरहेको छ । वास्तवमा यस्तो सेन्टरको स्थापना गर्नु भनेको बृहत् र संवेदनशील काम हो । यसको सांगठनिक संरचना, भूमिका, जनशक्ति परिचालन लगायतका विषयमा डिपिआरमा उल्लेख हुनेछ,’ उनले भने । साइबर सेक्युरिटी सेन्टरलाई समयसापेक्ष छिटोभन्दा छिटो अगाडि बढाइरहेको जानकारी उनले दिए । डिजिटल नेपालको फ्रेमवर्कमा रहेका ८० वटा इनिसिएटिभमध्ये महत्वपूर्ण र संवेदनशील इनिसिएटिभको रूपमा साइबर सेक्युरिटी रहेको चर्चा गर्दै उनले नेपाल सरकारकै अग्रसरतामा सेन्टर कार्यान्वयनमा आउन लागेको बताए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

साथै उनले इन्टरनेटलाई अत्यावश्यक सेवाको रुपमा राख्ने तयारी भइरहेको पनि जानकारी गराए । ‘विद्युत, पानी जस्तै इन्टरनेटलाई पनि अत्यावश्यक सेवा अन्तर्गत राख्नुपर्ने बेला आएको छ । यसका लागि कार्यक्रमको योजना बनाएर गृह मन्त्रालयमा चिठी पठाइसकेका छौं,’ उनले भने । सूचना प्रविधिसँग सम्बन्धित विषयमा सरकार संवेदनशील रहेको भनाइ उनले राखे । ‘हामीसँग सूचना प्रविधि आकस्मिक सहायता समूह सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७५ छ । यसमा आधारित भएर विभिन्न सरोकारवाला सहितको सूचना प्रविधि आकस्मिक सहायता समूह पनि गठन भएको छ,’ उनले भने ।

उनका अनुसार यो समूह सञ्चालनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा निर्देशक समितिले पनि काम गरिरहेको छ । यो समितिमा निजी क्षेत्रबाट पनि २ जना विज्ञ नियुक्त गर्ने प्रक्रियामा आफूहरु रहेको पनि उनले सुनाए । साथै पछिल्लो समय नेपाल दूरसञ्चार प्राधिरणले ल्याएको साइबर सुरक्षा विनियमावलीले पूर्वाधार नेटवर्क, सेक्युरिटी, अडिट, क्यापासिटी बिल्डिङ लगायतका महत्वपूर्ण विषय समावेश गरेको भन्दै दूरसञ्चार र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको डेटा सुरक्षामा महत्वपूर्ण सहयोग पुग्ने विचार उनले राखे ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु