सलमान खान क्वारेन्टाइनमा बसेर राधेको सुटिङ गर्ने तयारीमा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 16
  •  
  •  
  •  
  •  
    16
    Shares

बलिउड अभिनेता सलमान खान यतिबेला आफ्नो फिल्म राधेको सुटिङ तयारीमा छन् । यो फिल्मको छायांकन क्वारेन्टाइनमा बसेर उनले सम्पन्न गर्ने भएका छन् । फिल्मको छायांकन पूरा नभएसम्म सलमानसहित सबै कलाकार प्राविधिकले बाहिरी व्यक्तिहरूको सम्पर्कमा रहने छैनन् । उनीहरूले क्वारेन्टाइनमा बसेर यो फिल्मको छायांकन सकेपछि बाहिरी व्यक्तीको सम्पर्कमा आउने भएका छन् । फिल्मका लागि सबै सेट तयारी भएकाले अब शुक्रबारबाट उनी राधेको छायांकनमा जोडिने भएका छन् । बलिउडमा अक्षय कुमार, सञ्जय दत्त, आयुष्मान खुरानासहित थुप्रै कलाकार अहिले फिल्मको छायांकनमा व्यस्त छन् । यही क्रममा सलमान खान पनि नयाँ फिल्म राधेको छायांकनमा जोडिन लागेका हुन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

केही दिनअघि यो फिल्मको छायांकन गर्न लागिएकोमा कोरोनाको संक्रमण फेरि बढेपछि काम रोकिएको थियो । तर, अब पूर्ण सुरक्षित भएर फिल्मको छायांकन सुरु गर्न लागिएको सलमानले बताएका छन् । उनका अनुसार सबै कलाकार र प्राविधिकलाई सुरक्षित राखेर छायांकन सुरु गरिने भएको छ । यसअघि ७० प्रतिशत छायांकन सम्पन्न भइसकेको राधेको अब बाँकी सुटिङ १५ दिनमा सक्ने लक्ष्य अभिनेता सलमानको छ । अहिलेको अवस्थामा केही सुरक्षा अपनाउनुपर्ने भएकाले विगतको भन्दा छायांकन सक्न केही दिन बढी समय लाग्न सक्ने पनि उनको कथन छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु