सलहका झुण्ड जुनसुकै बेला नेपाल आउन सक्ने, आवश्यक सतर्कता अपनाउन आग्रह

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 64
  •  
  •  
  •  
  •  
    64
    Shares

श्रावण ६, काठमाण्डौ। राजस्थानबाट केही सलहका झुण्ड उत्तर प्रदेशतर्फ प्रवेश गरेका र हावाको बहाबसँगै जुनसुकै बेला नेपाल आउन सक्ने भएकाले सावधानी अपनाउन प्लान्ट क्वरेण्टीन तथा विषादी ब्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिनुभयो ।
रातको समयमा र पानी परेको समयमा उड्न नसक्ने भए पनि हावाको तीब्र बहाबका कारण जुनसुकै बेला नेपाल आउन सक्ने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन उहाँको आग्रह छ । साथै सलह भगाउनका लागि आवश्यक पूर्व तयारी गर्न पनि केन्द्रले किसानलाई आग्रह गरेको छ ।
केन्द्रको पछिल्लो अनुमान अनुसार भारतको राजस्थानमा रहेका सलहको झुण्ड जयपुर तथा दिल्ली हुँदै उत्तर प्रदेशको आग्रा, कानपुर, ग्वालीयरतर्फ अगाडि बढ्न सक्ने देखिएको छ । यही सलहको झुण्ड पश्चिम, दक्षिण पश्चिम तथा दक्षिणबाट हावासँगै नेपालको मध्य तथा पश्चिम तराई र सुदूरपश्चिम क्षेत्रबाट जुनसुकै बेला नेपाल प्रवेश गर्ने सम्भावना भएको हो ।
यसैबीच साउन १ गते दिउँसो बाँकेबाट नेपाल छिरेको सलहको झुण्ड सुर्खेत तथा आसपासका क्षेत्रमा र अर्को झुण्ड दशरथपुरबाट उत्तरतर्फ दैलेखको भगवतीमाइ तथा बीरेन्द्रनगरको वडा नं १ तथा जाजरकोटसम्म पुगेको जानकारी प्राप्त भएको सुवेदीले बताउनुभयो ।
सलहले विशेषगरी तरकारी बालीमा केही क्षति गरे पनि पूर्वतयारी र सतर्कताका कारण धेरै नोक्सानी नभएको उहाँको भनाई छ । सलह भगाउनका लागि धुवाँ, ध्वनी, अन्य विविध उपायहरुका साथै विषादीकोसमेत प्रयोग गरिएको छ ।
अहिले मौसम प्रतिकूल भएकाले अग्ला रुखहरु तथा जङ्गलमा आश्रय लिइरहेकोले विषादी प्रयोग गरेर मार्न कठिनाइ भइरहेको सुवेदीले बताउनुभयो । कञ्चनपुरको पुनर्वास क्षेत्रमा रहेको सलहको झुण्ड भने सिमावर्ती भारतमा तथा यसको केही अंश डडेलधुरा तथा बैतडीसम्म पुगेका छन् ।
यस्तै गएको २८ गते नेपाल प्रवेश गरेको झुण्ड भने प्युठान हुँदै गुल्मी, बाग्लुङ लगायतका क्षेत्रमा प्रवेश गरेको जानकारी प्राप्त भएको पनि उहाँले बताउनुभयो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु