नेपालमा कोरोना कहरको बीचमै ११ प्रतिशतले बढ्यो ‘रेमिट्यान्स’

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । कोरोना कहरकै बीच नेपाल भित्रने विप्रेषण (रेमिट्यान्स) बढ्न थालेको छ । विश्व महामारीसँग जुँधिरहेको र विदेशमा रहेका धेरै नेपालीले रोजगारी गुमाएपनि रेमिट्यान्स भने बढेको देखिएको छ । नेपालमा मासिक औसतमा ७३ अर्ब रुपैयाँको हाराहारीमा रेमिट्यान्स भित्रिने गर्छ । तर, कात्तिक महिनामा औसतभन्दा बढी अर्थात् ७८ अर्ब ८६ करोड रेमिट्यान्स भित्रिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नेपाल राष्ट्र बैंकको कात्तिकसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनले यस्तो देखाएको हो । समग्रमा कात्तिकसम्म रेमिट्यान्स आप्रवाह ११ दशमलव २ प्रतिशते बढेको छ । समीक्षा अवधिमा ३ खर्ब ३७ अर्ब ७२ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । गत आवको सोही अवधिमा भने ३ खर्ब ४ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको थियो । राष्ट्र बैंकका अनुसार गत आवको सो अवधिमा रेमिट्यान्स आप्रवाह २ दशमलव ८ प्रतिशतले घटेको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

कोरोना महामारीका कारण रेमिट्यान्स आप्रवाहमा कमी आउने आकलन गरिए पनि नेपालमा गत जेठदेखि नै औसतभन्दा माथि अर्थात् ७३ अर्बभन्दा बढी रेमिट्यान्स आप्रवाह भएको छ । तर, भदौमा भने औसत बराबर ७३ अर्ब रेमिट्यान्स भित्रिएको थियो । २०२० मा नेपाल आउने रेमिट्यान्स विश्व बैंकले १४ प्रतिशत एशियाली विकास बैंक ९एडीबी० ले २८ दशमलव ७ प्रतिशतले घट्ने प्रक्षेपण गरेका थिए ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु