साउदीमा फेरि थपिँदै कोरोना संक्रमित, भिडभाड हुने स्थानमा कुनै पनि कार्यक्रम गर्न बन्देज

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

कोरोना भाइरसको महामारीले विश्वभरका मुलुकहरुमा दोस्रो र तेस्रो लहर आइरहँदा खाडी मुलुक साउदी अरेबियाले आफ्नो देशबाट कोरोना महामारीलाई समाप्त पार्दै अगाडि बढिरहेकै बेला पुनः चेतावनी दिएको छ । विगत केही दिनदेखि साउदी अरेबियामा पनि कोरोना संक्रमित थपिँदै गएका छन् । केहीदिन देखि साउदी अरेबियामा कोरोना संक्रमित भई उपचारपछि निको हुनेको संख्या भन्दा नयाँ भेटिने कोरोना संक्रमितको संख्या दिनप्रति बढ्दै गएको साउदी स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

साउदी अरेबियामा सोमबार साढे ३ सय भन्दा बढी नयाँ कोरोना संक्रमितहरु भेटिएका छन् जबकि सोमबार मात्रै उपचारपछि निको भई घर फर्किनेको संख्या २ सय ९८ जना रहेको छ । कोरोना संक्रमणले गर्दा साउदी अरेबियामा सोमबार चार जनाको ज्यान गएको साउदी स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार साउदी अरेबियामा नयाँ भेटिएका कोरोना संक्रमित मध्ये साउदी अरेबियाको राजधानी रियादमा १ सय ६४, पूर्वी क्षेत्रमा ८०, पबित्र शहर मक्का ४७, अलबहा १८ जना तथा अन्य शहरमा गरी ३ सय ५६ जना कोरोना संक्रमितहरु भेटिएका हुन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

कोरोना भाइरसका कारण साउदी अरेबियामा हालसम्म संक्रमित हुने संख्या ३ लाख ७० हजार ६ सय ३४ जना रहेका छन जबकी हालसम्म उपचारपछि निको भई घर फर्किनेको जम्म संख्या ३ लाख ६१ हजार ८ सय १३ जना पुगेका छन् । कोरोना भाइरस अर्थात् कोभिड १९ ले गर्दा साउदी अरेबियामा हालसम्म ६ हजार ४ सय ६ जनाको मृत्यु भइसकेको छ । साउदी अरेबियामा हाल २ हजार ४ सय १५ जना सक्रिय कोरोना भाइरसका संक्रमितहरु रहेका छन् भने ४ सय १ जना कोरोना संक्रमित गम्भीर अवस्थामा रहेको साउदी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

साउदी सरकारले कोभिड १९ संक्रमणको महामारी रोकथाम तथा नियन्त्रणमा ल्याउनका लागि ४ फेब्रुअरी २०२१ राति १० बजेदेखि लागू हुनेगरी ३० दिनका लागि होटल, पार्टीप्यालेस, व्यागंक्वेट, रेस्टुरेन्ट र यस्तै किसिमका भिडभाड हुने स्थानमा कुनै पनि कार्यक्रम गर्न बन्देज लगाउनुको साथ साथै केही दिनअघि नै २० वटा देशको अन्तर्राष्ट्रिय हवाई तथा स्थलमार्गबाट साउदी अरेबियामा हुने आवागमन स्थगन गरेको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु