साउदी अरबमा मृत्यु भएका नेपाली श्रमिकका आफन्तले साढे ४ करोड रुपैयाँ पाउने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 16
  •  
  •  
  •  
  •  
    16
    Shares

साउदी अरबमा मृत्यु भएका ९५ नेपाली श्रमिकले साढे ४ करोड रुपैयाँ पाउने भएका छन् । साउदी अरबस्थित नेपाली दूतावासले रोजगारीका क्रममा साउदी अरबमा ज्यान गुमाएका नेपालीले पाउनुपर्ने साढे ४ करोड रुपैयाँ नेपाल पठाएको छ ।
दूतावासले विभिन्न समयमा मृत्यु भएका नेपाली श्रमिकले पाउनु पर्ने रकम त्यहाँको अदालतमा कानुनी लडाइँपछि प्राप्त गरेर नेपाल पठाएको हो । पठाइएको पैसा तोकिएअनुसार मृतकका आफन्तलाई दिइने जनाएको छ ।
साउदी दूतावासले सोमबार सूचना जारी गर्दै रोजगारीका क्रमका ज्यान गुमाएका नेपाली युवाले कानुनअनुसार पाउनु पर्ने तलब, भत्ता, सेवा सुविधा तथा ब्लड मनीवापत ४ करोड ६४ लाख ३३ हजार ६७२ रुपैयाँ पठाएको जनाएको हो ।
वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबका विभिन्न स्थानमा कार्यरत रहेको अवस्थामा मृत्युवरण गर्न पुगेका नेपाली नागरिकहरूका कानुनी हकवालाहरूले प्राप्त गर्न सक्ने गरी रकम पठाइएको जनाइएको छ ।
“मृतकले सम्बन्धित कम्पनीबाट उनीहरूले बुझ्न बाँकी रहेको तलब, भत्ता, सर्भिस बेनिफिट तथा ब्लडमनी वापत राजदूतावासको बैंक खातामा सम्बन्धित कम्पनीहरूबाट जम्मा भएको १४ लाख ५४ हजार ६८९।६१ साउदी रियल पठाईएको छ,” दूतावासले भनेको छ, “रकम नेपालस्थित कन्सुलर सेवा विभागमा ट्रान्सफर गरिएको छ ।”
विभिन्न दुर्घटनामा दोस्रो पक्षको संलग्नता भई साउदी अरबमा ज्यान गुमाएका नेपाली नागरिकहरूका हकवालाको तर्फबाट साउदी अरबका विभिन्न अदालतहरूमा राजदूतावासले बहस पैरवी गरी बाँकी रहेको पैसा फिर्ता गरेको हो ।
हाल रहेको कोरोना महामारीको कारणले सिर्जना भएको असामान्य परिस्थितिका कारण अन्य बाकी रहेका श्रमिकले पाउनु पर्ने रकमका लागि समेत दुताबासले कानुनी प्रक्रिया अघि बढाएको छ ।
नियोगले कोरोना संक्रमणका कारण साउदी अरबका अदालतका काम कारवाहीहरू पूर्ववतः सञ्चालन हुन नसकेको, र अवस्था सामान्य हुनासाथ स्थगनमा रहेका अन्य मुद्दाहरूको नियमित फलोअप गरि बाँकी रकम संकलन गरिने जनाएको छ ।
यसरी रकम पाउनु ९५ मृतक श्रमिकमध्ये सिरहा औरहीका प्रदीपकुमार यादव र रुकुम खोपिचौरका ढाटे बुढाले भने ब्लडमनी पाएका छन् । यादव र बूढाले जनही १ लाख ५० हजार रियल अर्थात ४६ लाख ५० हजार रुपैयाँ ब्लडमनी पाएका छन् । यादव र बूढाको साउदी अरबमा हत्या गरिएको थियो ।
अन्य मृतकका आफन्तले भने रोजगारीका क्रममा सडक दुर्घटना, रोजगारजन्य दुर्घटना, ह्दयघात तथा अन्य कारणले मृत्यु भएका कारण तलब र सुविधा वापत सो रकम पाएका हुन् ।
नेपालबाट वैदेशिक रोजगारीमा गएकामध्ये सबै भन्दा बढी मृत्युदर भएको देशमा देशमा पहिलो मलेसिया हो भने दोस्रोमा साउदी अरब रहेको वैदेशिक रोजगार बोर्डको तथ्यांकमा उल्लेख छ । चैतयता मात्र विदेशमा ज्यान गुमाएका २६१ नेपाली शव नेपाल ल्याइएको छ भने ५० भन्दा बढीको शव सम्बन्धित देशमा नै दाहसंस्कार गरिएको छ ।
वैदेशिक रोजगारीका क्रममा करार अवधि समाप्त भएको १ वर्षभित्र मृत्यु भएका श्रमिकका नातेदारलाई नेपाल सरकारले ७ लाख रुपैयाँ सहयोग गर्दै आएको छ । यसैगरी बिमा गरेर विदेश गएको श्रमिकले नेपाली बिमा कम्पनीबाट म्यादी बिमा समेत पाउने गरेका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु