वैदेशिक रोजगारीमा साउदी अरेबिया पुगी त्यहाँका विभिन्न स्थानमा कार्यरत नेपाली नागरिकहरुलाई बहिर्गमन भिसाका लागि निस्शुल्क निवेदन दिन पाउने व्यवस्था मिलाइएको छ । साउदीमा अलपत्र परेका, स्वदेश फर्कन चाहेका तर अकमा नबनाइएर, अकमा नवीकरण नभएका र कम्पनीबाट बहिर्गमन भिसा प्राप्त गर्न नसकेर अलपत्र भई रोकिएकाहरुले भिसाको लागि आवेदन दिन पाउने भएका हुन् । दूतावासले एक विज्ञप्ति जारी गर्दै कात्तिक २९ गतेभित्र दूतावासको ह्वाट्स एप नम्वर ९०५०००२१४०९० मा आफ्नो कागजात पठाउन अनुरोध गरेको हो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
कम्पनीबाट बहिर्गमन भीसा लाग्ने प्रक्रियामा रहेकाहरुले भने यसका लागि कागजात नपठाउन दूतावासले अनुरोध गरेको छ। बहिर्गमन भिसाका लागि निवेदन दिन पासपोर्टको कपी (आफ्नो फोटो टाँसिएको पाना), इकामाको कपी (आफ्नो फोटो भएको पट्टि), सुरुदेखि नै इकामा नबनेको भए पासपोर्टमा लेखिएको बोर्डर नम्बर (पासपोर्टमा अरेबिक भाषामा लेखिएको नम्बर) र आफ्नो सम्पर्क नम्बर (ह्वाट्स एपमा भएको नम्बर) चाहिने पनि दूतावासले जनाएको छ ।



JUNGLE






from the
city



यस्तो कागजात पठाउँदा आफ्नो इकामाको अवधि समाप्त भएको हुनुपर्ने पनि दूतावासले जनाएको छ । इकामाको म्याद रहेको भए पनि कम्पनीले हुरुब लागेकाहरुले माथिको विवरण पठाउन सकिने तर कुनै मुद्दा मामिला परेको अवस्था भए सोको टुंगो नलागेसम्म यस्तो बहिर्गमन भिसा नलाग्ने पनि दूतावासले जनाएको छ । साथै बहिर्गमन भिसाको सम्पूर्ण प्रक्रिया निस्शुल्क भएको समेत दूतावासले जानकारी गराएको छ ।